जन्मिदै कोही पनि शासक वा रैति हुँदैन : प्रम ओली
सारांश
- माओवादी र एमालेबीचको एकता भाँड्न अनेकौ प्रतिक्रियावादी शक्ति सक्रिय हुँदाहुँदै पनि एकतालाई सम्भव बनाइ छोडेको प्रधानमन्त्री केपी ओलीले बताए ।
- नेपाल कम्यूनिष्ट पार्टीको स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी एकतालाई लोकतन्त्रवादीको जितको हवला दिदै देश नयाँ युगमा पुगेको दावी गरे ।
- जन्मिदै शासक वा रैति भएर जन्मिने भन्ने कहिल्यै हुँन नसक्ने भन्दै उनले यदि कसैले यस्तो ठान्छ भने त्यो लोकतान्त्रिक परिपाटीमा कहिल्यै मान्य नहुने प्रधानमन्त्रीको भनाई थियो ।
माओवादी र एमालेबीचको एकता भाँड्न अनेकौ प्रतिक्रियावादी शक्ति सक्रिय हुँदाहुँदै पनि एकतालाई सम्भव बनाइ छोडेको प्रधानमन्त्री केपी ओलीले बताए । नेपाल कम्यूनिष्ट पार्टीको स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी एकतालाई लोकतन्त्रवादीको जितको हवला दिदै देश नयाँ युगमा पुगेको दावी गरे ।
जन्मिदै शासक वा रैति भएर जन्मिने भन्ने कहिल्यै हुँन नसक्ने भन्दै उनले यदि कसैले यस्तो ठान्छ भने त्यो लोकतान्त्रिक परिपाटीमा कहिल्यै मान्य नहुने प्रधानमन्त्रीको भनाई थियो ।
अनेकौ बलिदानपछि पछि आजको दिनमा उभिएको भन्दै अझै कैयौ समस्या रहेको प्रधानमन्त्रीले जिकिर गरे । यद्यपी उज्यालो भविष्य पनि साथै रहेको भन्दै अब सबै मिलेर देश निर्माण लाग्नु पर्नेमा प्रधानमन्त्रीले आग्रह गरे ।
सार्वभौमसत्ता र स्वाधिनताको रक्षाको लागि सरकार सधै कटिबद्ध भएको र यस्ता अधिकारको रक्षाका लागि सधै तयार र सक्षम भएको पनि संबोधनमा उनले दावी गरे ।
अनेकौ विध्वंस मच्चाउने, राष्ट्रिय एकता खलबलाउने खोज्ने र पृथकतको माग गदै आएको पृथकतावादी समूहलाई पनि संविधानभित्र मूलधारको राजनीति गर्छु भन्ने अवस्था पुर्याएको क्षणलाई उनले खुशीको क्षण भएको उल्लेख गरे । पृथकतावादी मूलधारमा आएको त्यो निर्णयबाट केही तत्व छटपटाएको पनि प्रधानमन्त्रीले आरोप लगाए ।
प्रतिक्रिया