सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०८१
|
|
३९ पटक हेरिएको
Shares
सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै

सारांश

  • काठमाडौँ ।
  • सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग तथा ठगी छानबिन गर्न गठित समितिको बैठक आज बस्दैछ ।
  • सिंहदबारमा आज दिउँसो ३ बजे बैठकमा छानबिन समितिको कार्यविधि लगायतका विषयमा छलफल हुने समितिका सभापति सूर्यकुमार थापाले जानकारी दिएका छन् ।

काठमाडौँ । सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग तथा ठगी छानबिन गर्न गठित समितिको बैठक आज बस्दैछ ।

सिंहदबारमा आज दिउँसो ३ बजे बैठकमा छानबिन समितिको कार्यविधि लगायतका विषयमा छलफल हुने समितिका सभापति सूर्यकुमार थापाले जानकारी दिएका छन् ।

सहकारीहरूको बचत अपचलनबारे छानबिन गर्न जेठ १५ गते सात सदस्यीय समिति बनेको छ ।

समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने कार्यादेश पाएको छ ।

समितिका सभापति एमालेका सांसद सूर्य थापा छन् भने सदस्यहरूमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरियाद्वारा अपहरित नागरीक फिर्ता गर्न उत्तरको माग
दक्षिण कोरियाद्वारा अपहरित नागरीक फिर्ता गर्न उत्तरको माग
मानसिक स्वास्थ्यको संवेदनशीलताबीच रौतहटमा अप्रिय घटना, घाइते युवकको कीर्तिपुरमा उपचार हुँदै
मानसिक स्वास्थ्यको संवेदनशीलताबीच रौतहटमा अप्रिय घटना, घाइते युवकको कीर्तिपुरमा उपचार हुँदै
¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ
¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ
बालुवाटारबाट निस्केर बालकोटतर्फ लम्किए प्रचण्ड,अध्यक्ष ओलीसँग वार्ता हुने
बालुवाटारबाट निस्केर बालकोटतर्फ लम्किए प्रचण्ड,अध्यक्ष ओलीसँग वार्ता हुने
राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै
राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै
देउवाको ‘राजनीतिक तुरुप’ कति सान्दर्भिक ?
देउवाको ‘राजनीतिक तुरुप’ कति सान्दर्भिक ?
टिकट काउन्टरमा ‘सुराकी प्रहरी’
टिकट काउन्टरमा ‘सुराकी प्रहरी’
दुई दशकपछि अपि हिमाल आरोहणमा विदेशी
दुई दशकपछि अपि हिमाल आरोहणमा विदेशी
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि एपिएफ लाइ
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि एपिएफ लाइ
बिमस्टेक सम्मेलनमा उपत्यकाको सडकमा तीन दिन जोर-बिजोर प्रणाली
बिमस्टेक सम्मेलनमा उपत्यकाको सडकमा तीन दिन जोर-बिजोर प्रणाली