अष्ट्रेलिया पुगे जुलियन असान्ज
सारांश
- काठमाडौं।
- विकिलिक्सका संस्थापक जुलियन असान्ज आफ्नो देश अष्ट्रेलिया पुगेका छन्।
- विमानबाट ओर्लने बित्तिकै उनले आफ्नी श्रीमती र बुबालाई अँगालो हालेका थिए।
काठमाडौं। विकिलिक्सका संस्थापक जुलियन असान्ज आफ्नो देश अष्ट्रेलिया पुगेका छन्। विमानबाट ओर्लने बित्तिकै उनले आफ्नी श्रीमती र बुबालाई अँगालो हालेका थिए। असान्ज १४ वर्ष लामो कानुनी लडाइँपछि रिहा भएका हुन्।
अमेरिकासँगको सम्झौता अनुसार जुलियन असान्जले अमेरिकी अदालतमा आफ्नो अपराध स्वीकार गर्नुपरेको थियो।
अमेरिकी सरकारले असान्जलाई ६२ महिनाको जेल सजायको माग गरेको थियो। न्यायाधीशले यो मागलाई स्वीकार गरेर सजाय दिने भए पनि उनले बेलायतको जेलमा सो सजाय काटिसकेको हुनाले उनी रिहा भएका हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया