प्रधानमन्त्रीले भने– अब नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
६० पटक हेरिएको
Shares
प्रधानमन्त्रीले भने– अब नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ

सारांश

  • शेरबहादुर देउवाले नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।
  • त्रिचन्द्र कलेजको सत्वार्षिकी समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालभित्र काम गर्न सक्ने योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभएको हो ।
  • उहाँले नेपालभित्र नै प्रशस्त रोजगारीको सम्भावना रहेको उल्लेख गर्दै विदेशमा गएका नेपाली छोराछोरीलाई स्वदेशमा नै रोजगारीमूलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

शेरबहादुर देउवाले नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।

त्रिचन्द्र कलेजको सत्वार्षिकी समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालभित्र काम गर्न सक्ने योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालभित्र नै प्रशस्त रोजगारीको सम्भावना रहेको उल्लेख गर्दै विदेशमा गएका नेपाली छोराछोरीलाई स्वदेशमा नै रोजगारीमूलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिक दलभित्र एकता र स्थायित्व भएपछि मुलुकले अगाडि बढ्ने बताउँदै सङ्घ र प्रदेशको निर्वाचनपछि मुलुक सफल राष्ट्रतर्फ उन्मुख हुने दाबी गर्नुभयो । उहाँले संविधानको सफल कार्यान्वयनका लागि दुवै चुनाव आवश्यक भएको धारणा राख्नुभयो ।

“माघ ७ गतेभित्र दुवै निर्वाचन गराउन पर्छ”, उहाँले भन्नुभयो, “दुवै निर्वाचन भएपछि संविधान कार्यान्वयन पनि हुन्छ । अनि देश मुलुक सफल राष्ट्रतर्फ उन्मुख हुन्छ ।”

उहाँले संविधान कार्यान्वयनपछि सबैका अधिकार स्थायी हुने भन्दै अब कसैले पनि संघीय गणतान्त्रिक अधिकार खोस्न नसक्ने बताउनुभयो ।

देशको ठूला राजनीतिक परिवर्तनमा त्रिचन्द्र कलेजले अग्रणी भूमिका खेलेको भन्दै पढाइमा पनि अग्रणी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले आफू प्रधानमन्त्री भएको बखतमा त्रिचन्द्र कलेजलाई सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्याम्पस प्रमुख प्रा डा प्रदीपबहादुर न्यौपानले शिक्षाको क्षेत्रमा कलेज देशकै नमूना कलेजका रुपमा स्थापित भएको बताउनुभयो ।

समारोहमा प्रधानमन्त्री देउवाले साहित्यकार सत्यमोहन जोशी, नरकान्त अधिकारी तथा प्राध्यापक पुरुषोत्तम सिंह डंगोल, दीपककृष्ण श्रेष्ठ, डा रोशनी मैँया श्रेष्ठ, विष्णु डंगोलसहित १६ जना उपप्राध्यापक, कर्मचारी र विद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।

विसं १९७५ भदौ ५ गते तत्कालीन चन्द्रशमशेर राणाले त्रिचन्द्र क्याम्पसको स्थापना गर्नु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता
निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता
मुस्ताङको टुकुचेमा जलविद्युत् आयोजना निर्माण
मुस्ताङको टुकुचेमा जलविद्युत् आयोजना निर्माण
आज श्रमिक दिवस
आज श्रमिक दिवस
विराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै
विराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै
अध्यक्ष तिमिल्सिनालाई चीनको नेसनल्स पिपुल्स कांग्रेस भ्रमणको निम्तो
अध्यक्ष तिमिल्सिनालाई चीनको नेसनल्स पिपुल्स कांग्रेस भ्रमणको निम्तो
घरमा विवाहको तयारी भैरहेकी युवती मृत फेला परेपछि…
घरमा विवाहको तयारी भैरहेकी युवती मृत फेला परेपछि…
नेपाल बचाउने जिम्मा कसको ?-कीर्तिनिधि विष्टको चर्चित लेख !
नेपाल बचाउने जिम्मा कसको ?-कीर्तिनिधि विष्टको चर्चित लेख !
प्रहरी सहायक निरीक्षकको हत्याका आरोपीले गरे आत्मसमर्पण
प्रहरी सहायक निरीक्षकको हत्याका आरोपीले गरे आत्मसमर्पण
बालुवाटार बैठकका दृश्यः सोफा फालेर कुसी, नेतालाई बाँडियो कोरोना जन्तर
बालुवाटार बैठकका दृश्यः सोफा फालेर कुसी, नेतालाई बाँडियो कोरोना जन्तर
पोलिटब्युरो बैठकमा माधव नेपालकाे व्रिफिङ – एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन
पोलिटब्युरो बैठकमा माधव नेपालकाे व्रिफिङ – एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन