म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
सारांश
- म्याग्दी।
- म्याग्दीको धौलागिरि गाउँपालिका-७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।
- घर पुरिँदा तुलप्रसाद र उहाँकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए।
म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका-७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।
घर पुरिँदा तुलप्रसाद र उहाँकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए। निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ।
जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
tecktimes
Thank you I have just been searching for information approximately this topic for a while and yours is the best I have found out so far However what in regards to the bottom line Are you certain concerning the supply