आजदेखि महिला एशिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०८१
|
|
१९ पटक हेरिएको
Shares
आजदेखि महिला एशिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

सारांश

  • काठमाडौं।
  • आज देखि महिला एशिया कप शुरु हुँदै छ।
  • आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एशिया कपमा एशिया ८ देशले भाग लिँदै छन्।

काठमाडौं। आज देखि महिला एशिया कप शुरु हुँदै छ। आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एशिया कपमा एशिया ८ देशले भाग लिँदै छन्।

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्दै छन्।

एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ‘ए’ मा रहेको छ भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन्।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन आज युएईविरुद्ध खेल्दै छ। यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ । त्यस्तै आज अर्को खेल समुह समूह ‘ए’ कै भारत र पाकिस्तानबीच खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुँदै छ।

नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ।

एशिया कप खेल्ने नेपाली टिम:

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?