पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०८१
|
|
५५ पटक हेरिएको
Shares
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा

सारांश

  • काठमाडौं।
  • जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन्।
  • आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन्।

काठमाडौं। जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन्। आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन्।

जसमा चीन २१ स्वर्ण, १८ रजत र १४ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने अमेरिका २० स्वर्ण, ३० रजत र २८ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ।

त्यस्तै आयोजक फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १३ स्वर्णसहित १२ रजत र ८ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ।

त्यसैगरी ग्रेट ब्रिटेन १२ स्वर्ण, १३ रजत र १७ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ। त्यस्तै दक्षिण कोरियाले ११ स्वर्ण, ८ रजत र ७ काश्य पदक जितेको छ भने जापानले १० स्वर्णसहित ५ रजत र ११ काश्य पदक जितेको छ।

त्यसैगरी इटालीले ९ स्वर्ण, १० रजत र ६ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ७ स्वर्ण, ५ रजत र ५ काश्य पदक जितेको छ । त्यस्तै जर्मनीले ७ स्वर्ण, ५ रजत र ४ काश्य पदक जितेको छ भने क्यानडाले ५ स्वर्ण, ४ रजत र ८ काश्य पदक जितेको छ।

त्यसैगरी न्यूजिल्याण्ड, रोमानिया, हंगेरी, स्विडेन र आयरल्याण्डले ३-३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, युक्रेन, क्रोसिया, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २-२ स्वर्ण पदक जितेका छन्।

त्यसैगरी इजरायल, स्पेन, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, चिली, डोमिनिक, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन्।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा जमैका, मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, कोसोभो, टर्की, अर्मेनिया, कोलोम्बिया, इथोपिया, फिजी, मंगोलिया, थाइल्याण्ड, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, डोमिनिका अस्ट्रिया, काबो भेर्ड़े, क्युबा, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, लुथियाना, मलेसिया, पोर्चुगल र स्लोभाकिया रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदी भ्रमणको नियत: ढाड (मधेस)मा टेकेर टाउको (काठमाडौं)मा हान्ने !
मोदी भ्रमणको नियत: ढाड (मधेस)मा टेकेर टाउको (काठमाडौं)मा हान्ने !
सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध
सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध
फेसबुकमाथि यस्ता संकट आउन सक्छन् यो वर्ष
फेसबुकमाथि यस्ता संकट आउन सक्छन् यो वर्ष
न्यूजिल्याण्डमा कसरी मरे १४५ ह्वेल ?
न्यूजिल्याण्डमा कसरी मरे १४५ ह्वेल ?
सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड
सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
लकडाउन जेठ ३२ सम्म
लकडाउन जेठ ३२ सम्म
मस्र्याङ्दी करिडोरअन्तर्गतका सबस्टेसन निर्माण अन्तिम चरणमा
मस्र्याङ्दी करिडोरअन्तर्गतका सबस्टेसन निर्माण अन्तिम चरणमा
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
नेकपाको कानुनी विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय, पोखरेल र भुषालबीच भेटवार्ता
नेकपाको कानुनी विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय, पोखरेल र भुषालबीच भेटवार्ता