बंगलादेशमा हसिनाको बहिर्गमनसँगै राजनीतिक संकट चुलियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
बंगलादेशमा हसिनाको बहिर्गमनसँगै राजनीतिक संकट चुलियो

सारांश

  • काठमाडौं ।
  • बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले विद्यार्थी आरक्षण कोटाको आन्दोलनका कारण राजीनामा दिएर देश छाडे पनि राजनीतिक अन्योल भने अझै कायम रहेको छ ।
  • हसिनाको बहिर्गमनसँगै बंगलादेशको सेनाले अन्तरिम सरकार गठन गर्ने भने पनि अन्योल बाँकी नै छ ।

काठमाडौं । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले विद्यार्थी आरक्षण कोटाको आन्दोलनका कारण राजीनामा दिएर देश छाडे पनि राजनीतिक अन्योल भने अझै कायम रहेको छ । हसिनाको बहिर्गमनसँगै बंगलादेशको सेनाले अन्तरिम सरकार गठन गर्ने भने पनि अन्योल बाँकी नै छ ।

अन्तरिम सरकार गठनका लागि हालै जेलमुक्त भएकी बेगम खालिदा जिया र मोहम्मद युनुसको नाम चर्चामा छ । मोहम्मदको नाम प्रदर्शनरत विद्यार्थी नेताहरूले प्रस्ताव गरेका हुन् भने जिया इस्लामिक कट्टरपन्थी जमादी इस्लामसँग नजिक रहेको बताइन्छ ।

राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन् । शाहबुद्दिनले आफूले सेनाप्रमुख र राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक गरेको जानकारी दिएका छन् ।

बंगलादेशका राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यु अन्त्य हुने बताए । तर, सरकार कसको नेतृत्वमा बन्छ भन्ने स्पष्ट हुन बाँकी छ । अहिले हसिनाको बहिर्गमनसँगै बंगलादेशमा राजनीतिक शून्यताको अवस्था बनेको छ । यसअघि हसिनाको अवामी लिग र विपक्षी बंगलादेशको नेसनल पार्टीबीच प्रतिस्पर्धाको राजनीति रहेको थियो । बंगलादेशमा भएको राजनीतिक उथलपुथल अब कसरी अगाडि बढ्छ यसै भन्न सक्ने अवस्था छैन । प्रदर्शनकारी विद्यार्थीले सेनाको शासन अस्वीकार गर्ने भनिरहेका छन् भने मोहम्मद युनुसको नाम प्रधानमन्त्रीका लागि प्रस्ताव गरिरहेका छन् ।

बंगलादेशमा धेरैपटक सैन्य ‘कू’ भएको थियो । सबैभन्दा पछिल्लोपटक सन् २००७ मा त्यहाँ सेनाले सत्ता आफ्नो कब्जामा लिएको थियो । शेख हसिनाका बुबा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य ‘कू’का बेला हत्या भएको थियो ।

बंगलादेशमा हसिनाले देश नै छाडेर हिँड्नुपर्ने बाध्यता दुई महिनाअघिदेखि चलेको विद्यार्थी प्रदर्शनले कि विदेशी शक्तिले भन्ने प्रश्न पनि उठिरहेको छ । पछिल्लो समय शेख हसिना स्वदेशमा विपक्षी दलहरूको दबाबमा त थिइन् नै प्रदर्शनको चेपटामा पनि परिन् । त्यस्तै, उनले चीन र भारतसँगको सन्तुलन पनि मिलाउन सकिरहेकी थिइनन् । गत महिना हसिना चीन भ्रमणमा जाँदा उनले जे सोचेर भ्रमण गरेकी थिइन्, त्यो पूरा हुन सकेन ।

यही जुलाईमा हसिनाको चीन भ्रमणमा बंगलादेशले चीनसँग ५ अर्ब डलरबराबरको आर्थिक ऋण सहयोग मागेको थियो । तर, त्यसमा सहमति हुन सकेन । चीनले १ अर्ब डलर मात्र दिने मनसाय व्यक्त गरेको थियो । यो विषय बंगलादेशको विदेश मन्त्रालयले नै चीनसँग ५ अर्ब डलरको सम्झौता हुनसक्ने बताएको तर चीनले १ अर्ब डलर मात्रै दिने मनसाय राखेपछि त्यत्तिकैमा टुंगिएको भनिँदै छ ।

प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै हसिना अहिले भारतको शरणमा छिन् । उनका लागि भारत राम्रो वातावरण हो । कुनै समय निर्वासन जीवन बिताउँदा उनी ६ वर्ष दिल्लीमा रहेकी थिइन् । भारतसँग उनको मित्रवत सम्बन्ध रहेको छ । हसिनाका लागि भारतको सडक र त्यही सडक भएर भारतको सत्तासम्मको सुमधुर सम्बन्ध रहेको छ । भारत र बंगलादेशबीच क्षेत्रीय रूपमा सबैभन्दा राम्रो दुईपक्षीय सम्बन्ध छ । सरकार–सरकारबीच मात्र होइन, सरकार प्रमुखबीचमा पनि राम्रो सम्बन्ध छ । सोही सम्बन्धका कारण करिब ४ हजार किलोमिटर सीमाक्षेत्रको सीमानाका विवाद टुंगिएको थियो ।

हसिनाले देश छाडेपछि बंगलादेशको संसद् विघटन
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मंगलबार संसद् विघटन गरेका छन् । ‘राष्ट्रपतिले संसद् विघटन गर्नुभएको छ,’ राष्ट्रपति मोहम्मद शाहबुद्दिनका प्रेससचिव सिप्लु जमानले भने ।

बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडिसकेकी छन् ।

बंगलादेशमा आएको राजनीतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद शाहबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरिसकेका छन् । विद्यार्थी आन्दोलनका नेताहरूले भने नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् ।

बंगलादेश विदेशीको खेलमैदान बन्दै
राजनीतिक संकट गहिँरिदै गइरहेको बंगलादेशमा शक्ति राष्ट्रले आफ्नो खेलमैदान बनाउन खोज्ने निश्चित छ । हसिनाको नेतृत्वमा गठन भएको सरकारसँग शक्तिराष्ट्र त्यति सन्तुष्ट थिएनन् । गत जुलाईमा हसिनाले गरेको चीन भ्रमण र चीनले गरेको व्यवहारले पनि त्यसको छनक दिन्थ्यो । जुन उद्देश्यले शेख हसिनाले चीन भ्रमण गरेकी थिइन्, सोचेजस्तो नभएपछि भ्रमण अवधि छोट्याएर उनी स्वदेश फर्किएकी थिइन् ।

त्यसो त बंगलादेशको प्रदर्शन भड्काउनका लागि पाकिस्तानको खुफिया एजेन्सी आईएसआईको हात रहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । चीनको लगानीमा आईएसआईको प्रयोग भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । हसिनाको भ्रमणमा चीनले गरेको व्यवहारले पनि चीनको प्रभाव रहेको हुन सक्ने अनुमान लगाइएको छ ।

आरक्षण कोटाको विरोधमा भएको बंगलादेशको प्रदर्शनले हिंसात्मक रूप लिएपछि बंगलादेशको सर्वोच्च अदालतले आरक्षण कोटा खारेज गर्ने फैसला गरेको थियो । सर्वोच्च अदालतको फैसलापछि पनि प्रदर्शन रोकिएन । बरू प्रधानमन्त्री शेख हसिनाको राजीनामालाई मुख्य सर्त राख्नुले पनि उनको बहिर्गमनमा शक्तिराष्ट्रको हात रहेको भन्ने कुरा जोडिन गएको हो ।

उनी चीनबाट फर्किएपछि उनले टिस्टा परियोजनामा भारत र चीन दुवैको चासो भए पनि यो भारतले पूरा गरोस् भन्ने चाहेको बयान दिइन् । यो भारतका लागि ठूलो घोषणा थियो भने चीनका लागि धक्का । यसले हसिनाको भारत र चीनसँगको सम्बन्ध’bout बंगलादेशमा प्रश्नहरू उठ्न थालेका थिए । विवाद बढ्दै गएपछि उनले भारत र चीन दुवै देशसँग आफ्नो राम्रो सम्बन्ध रहेको स्पष्टीकरण दिनुपरेको थियो ।

अमेरिकालगायतका देशले अन्तरिम सरकार गठनका लागि गरे स्वागत
पछिल्लो राजनीतिक उथलपुथलमा सेनाले देखाएको धैर्यताको अमेरिकाले प्रशंसा गर्दै अन्तरिम सरकारको गठनमा जोड दिएको छ । युरोपेली संघले पनि प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण’ गर्न आग्रह गरेको छ ।

यस क्षेत्रकै शक्तिका रूपमा रहेको छिमेकी देश भारतले भने पछिल्लो घटनाक्रम’bout कुनै प्रतिक्रिया जनाएको छैन ।

बंगलादेशको अबको सरकार भारतअनुकूल नहुने
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको सरकार भारतका लागि आफू अनुकूल थियो । अब उनको बहिर्गमनसँगै भारतका लागि सो ठाउँ अनुकूल नबन्न सक्छ । बंगलादेशको सत्ता परिवर्तनले भारतका लागि किन पनि अनुकूल छैन भने अब बन्ने सरकार इस्लामिक कट्टरपन्थी समर्थित बन्दा त्यसको प्रत्यक्ष प्रभाव पाकिस्तानसँग जोडिन पुग्ने देखिन्छ । दक्षिण एसियामा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रम र चीनले देखाएको प्रभाव हेर्दा पनि बंगलादेशको अब बन्ने सरकार भारतको अनुकूल नबन्ने निश्चित छ । यद्यपि, बंगलादेशको राजनीतिक संकटका विषयमा भारतले कुनै प्रतिक्रिया दिएको छैन ।

नेपाल र भारतको सन् २०१५ यताको दुईपक्षीय सम्बन्धमा आइरहेको चिसोपनले उसै पनि राम्रो सम्बन्ध बिस्तार हुन सकेको छैन । साथै नेपालमा प्रचण्डको सत्ता ढलेसँगै केपी शर्मा ओलीको उदय, मालदिभ्समा राष्ट्रपति मोइजुको अडान र भारतको बाध्यताको सैनिक फिर्ता, श्रीलंकामा राजपाक्ष कालखण्डको अन्त्य, म्यानमारमा प्रजातान्त्रिक शासनको अन्त्यसँगै उदाएको सैनिक शासन यसका उदाहरण हुन् ।

साथै, म्यानमारको विषयमा चीनले देखाएको समर्थन अफगानिस्तानमा तालिबानको रजगज र तालिबानलाई चीनको समर्थन, पाकिस्तानलाई पहिल्यैदेखि गरेको सहयोग, पाकिस्तान र भारतबीच देखिएको तिक्ततापूर्ण सम्बन्ध आदि प्रमुख कारणहरू छन् । त्यसमा पनि इस्लामिक कट्टरपन्थी समर्थक प्रधानमन्त्री बन्ने सम्भावना देखिनुले पनि बंगलादेशसँग भारतको सुमधुर सम्बन्ध बन्न सक्ने देखिँदैन ।

यदि, सरकारको नेतृत्व पूर्वप्रधानमन्त्री तथा बीएनपी अध्यक्ष बेगम खालिदा जियाले गरेमा उनको नीति हसिनाको भन्दा फरक हुने हो कि ? त्यसो हुँदा उनको झुकाव पक्कै पनि हसिनाको जस्तो नहुन सक्छ । जिया जेलमा हुँदा भारत केही बोलेको थिएन । जसको अर्थ शेख हसिनाले गरेको कामलाई भारतले पूर्ण रूपमा समर्थन गरेको थियो । पछिल्लो निर्वाचनको वैधानिकतालाई लिएर बंगलादेशभित्र र पश्चिमा राष्ट्र तथा विभिन्न संस्थाहरूले पनि प्रश्न उठाएका थिए । तर, भारत यसमा मौन बस्यो । यसले बंगलादेशी नागरिकस्तरमा पनि भारत विपक्षी माहोल छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई वर्षभित्र नेपालको बिजुली बङ्गलादेशले बाल्नेछ : राजदूत डा मिश्र
दुई वर्षभित्र नेपालको बिजुली बङ्गलादेशले बाल्नेछ : राजदूत डा मिश्र
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास
‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास
मर्मतका लागि मध्यमस्र्याङ्दी आयोजना बन्द गरिँदै
मर्मतका लागि मध्यमस्र्याङ्दी आयोजना बन्द गरिँदै
America’s poor becoming more destitute under Trump: U.N. expert
बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई
बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई
कमेडी च्याम्पियन सिजन ३ को उपाधि सुनिल खड्कालाई
कमेडी च्याम्पियन सिजन ३ को उपाधि सुनिल खड्कालाई
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
छोरीहरु ढुक्कसाथ हिड्न सकुन्, ‘निर्मलालाई न्याय देऊ’, ‘बलात्कार विरुद्धको रोष’ अभियान
छोरीहरु ढुक्कसाथ हिड्न सकुन्, ‘निर्मलालाई न्याय देऊ’, ‘बलात्कार विरुद्धको रोष’ अभियान
सबै राजनीतिक परिवर्तन सहमतिबाटै : अध्यक्ष दाहाल
सबै राजनीतिक परिवर्तन सहमतिबाटै : अध्यक्ष दाहाल

तपाईंले छुटाउनुभयो कि?