न्युजिल्याण्डको डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ११, २०८१
|
|
७४ पटक हेरिएको
Shares
न्युजिल्याण्डको डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना

सारांश

  • काठमाडाैं।
  • ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ।
  • भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झूटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही गरिएको हो।

काठमाडाैं। ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ। भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झूटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही गरिएको हो।

न्युजिल्यान्डको वाणिज्य आयोगले डेरी कम्पनी मिल्कियो फुड्स लिमिटेडलाई आफ्नो नौनी घ्यू उत्पत्तिको बारेमा झूटो दाबी गरेको आरोपमा दुई लाख ६१ हजार ४५२ अमेरिकी डलर जरिवाना गरेको छ।

ह्यामिल्टनस्थित उक्त फर्मले भारतबाट घ्यू तथा दुधजन्य सामान आयात गर्ने र ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’ डेरी उत्पादनजस्ता दाबीका साथ ग्राहकलाई आफ्नो घ्यू उत्पादनबारे झट्टा प्रचार गरी ग्राहकलाई भ्रममा पारेको वाणिज्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

न्यूजिल्याण्डको कृषि-सञ्चालित उद्योगले उच्च गुणस्तरको डेरी निर्यातमा गर्व गर्दछ र विदेशी ग्राहकहरू यसको समृद्ध चरनबाट प्राप्त हुने दूध र मक्खनको लागि लालायित हुने गर्छन्।

वाणिज्य आयोगका प्रवक्ता भेनेसा होर्नले भने, “मिल्कियोले न्यूजील्याण्डमा निर्मित उत्पादनहरू पहिचान गर्न एक विश्वसनीय प्रतीक (फर्नमार्क लोगो) को प्रतिष्ठाको फाइदा उठाउँदै अन्य उत्पादनलाई बढावा दिएको पाइएपछि जरिवाना गरिएको हो।

कम्पनीले ‘फर्नमार्क लोगो’ प्रयोगका लागि स्वीकृति प्राप्त गर्न गलत र अपूर्ण जानकारी पनि प्रस्तुत गरेको थियो।

मिल्कियोले न्युजिल्यान्डको ‘शुद्ध व्यवसाय ऐन (फेयर ट्रेडिङ एक्ट) को धारा १५ उल्लङ्घन गरेको स्वीकार गर्दै उचित अनुमति बिना फर्नमार्क लोगो र लाइसेन्स नम्बर प्रयोग गरेको स्वीकारेको छ।

होर्नले भने, “यो सजायले न्युजिल्यान्ड ब्रान्डलाई झुटो दाबी गर्न खोज्ने अरूका लागि चेतावनीको रूपमा काम गर्नुपर्छ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ
‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
नेपाली महिला क्रिकेट टोलीको लक्ष्य श्रीलंका र बंगलादेश
नेपाली महिला क्रिकेट टोलीको लक्ष्य श्रीलंका र बंगलादेश
नेपालगञ्ज उपमहानगरपालिकामा  जित मेयरमा राप्रपा , उपमेयरमा कांग्रेसको  जित`
नेपालगञ्ज उपमहानगरपालिकामा जित मेयरमा राप्रपा , उपमेयरमा कांग्रेसको जित`
नेपाललाई लगातार ४ झट्का, अारिफ र दिपेन्द्र क्रिजमा !
नेपाललाई लगातार ४ झट्का, अारिफ र दिपेन्द्र क्रिजमा !
स्ववियु निर्वाचन एकै मितिमा गराउन माग
स्ववियु निर्वाचन एकै मितिमा गराउन माग
विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल
विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल
सुजीताले डा. केसीलाई भनिन्, कांग्रेसले रोपेको विषवृक्षमा अमृत कसरी फल्छ ?
सुजीताले डा. केसीलाई भनिन्, कांग्रेसले रोपेको विषवृक्षमा अमृत कसरी फल्छ ?
भरतपुर-माडी आवत जावत गर्दा निकुञ्जमा लाग्ने दस्तुर हट्यो
भरतपुर-माडी आवत जावत गर्दा निकुञ्जमा लाग्ने दस्तुर हट्यो