सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै, ब्यारेजमा ६ लाख क्यूसेक बहाव मापन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै, ब्यारेजमा ६ लाख क्यूसेक बहाव मापन

सारांश

  • सुनसरी।
  • सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ।
  • आज बिहान ५ बजे कोशी ब्यारेजमा पानीको बहाव ६ लाख क्यूसेक पुगेको ब्यारेज कन्ट्रोल प्रशासनले जनाएको छ।

सुनसरी। सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ। आज बिहान ५ बजे कोशी ब्यारेजमा पानीको बहाव ६ लाख क्यूसेक पुगेको ब्यारेज कन्ट्रोल प्रशासनले जनाएको छ।

यो अहिलेसम्मको दोस्रो उच्च बहाव मापन हो। गएराति कोशीमा ५ लाख ५७ हजार क्यूसेक बहाव मापन गरिएको थियो।

कोशीमा बढाव बढ्दै गएका कारण ब्यारेजको माथिबाटै पानी ओभरफ्लो भएर बगेको जनाइएको छ। अहिले कोशी ब्यारेजमा मानिस र सवारी साधनलाई प्रवेश गर्न रोक लगाइएको छ। यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक मापन भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?