सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३०, २०८१
|
|
२० पटक हेरिएको
Shares
सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाई छ भन्ने हेक्का रहोस् भन्दै परिर्वतनको हल्ला गर्नेलाई चेतावनी दिएका छन्।
  • प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिँदै दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग लगभग दुई तिहाई रहेको बताएका हु ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाई छ भन्ने हेक्का रहोस् भन्दै परिर्वतनको हल्ला गर्नेलाई चेतावनी दिएका छन्।

प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिँदै दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग लगभग दुई तिहाई रहेको बताएका हु ।

प्रधानमन्त्री ओलीले अब आफूले करिव एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने बताउँदै त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट गरे। प्रधानमन्त्री ओलीले भने- ‘मैले पहिले नै भनिसकेको छु, आफैं फेरिन्छ यो सरकार। यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइको छ भन्ने सबैमा हेक्का रहोस् ।’ उनले देउवा नेतृत्वको सरकारले चुनाव गराउने भन्दै उनले ढुक्क रहन आग्रह गरे।

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबल, सक्षम बनाउनेमा आफूहरुको ध्यान रहेको समेत बताएका छन्। उनले प्रहरीले शान्ति सुरक्षाका लागि खेलेको भूमिका प्रसंसनीय रहेको बताउदै प्रहरीमा अहिलेपनि पर्याप्त सुबिधा र पूर्वाधारमा कमि रहेको आफुलाई जानकारी रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?