साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०८१
|
|
२९ पटक हेरिएको
Shares
साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने !

सारांश

  • काठमाडौं।
  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्रीका लागि नयाँ व्यवस्था गरेको छ।
  • एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै अनलाइन टिकट बिक्री बन्द गरेको थियो।

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्रीका लागि नयाँ व्यवस्था गरेको छ।

एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै अनलाइन टिकट बिक्री बन्द गरेको थियो।

१५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढीलाई प्रवेश दिएको पाइएपछि एन्फाले हस्तक्षेप गरेको छ। अब टिकट बुधबार विहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट विक्री हुने भएको छ। एन्फाले फाइनल खेलको अधिकतम १० हजार टिकट विक्री गर्ने जनाएको छ। एन्फाले एक व्यक्तिलाई भिआइपी तर्फको २ र साधारण तर्फको ५ टिकट मात्र किन्न पाउने बताएको छ।

एन्फाका अनुसार अब फाइनलको टिकट अनलाइन टिकट बिक्री नहुने भएको छ साथै एन्फाले यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता गर्ने जनाएको छ।

रंगशालामा भिआइपीतर्फको एक हजार र साधारणतर्फ ५०० रुपैयाँ टिकट दर तोकिएको छ । फाइनल खेल बुधबार साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा हुँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् अपराधको जलप लगाएर माननीय बनेका सांसद,ज्युदै जलाएर मार्ने देखी अर्काकी श्रीमती उडाउने सम्म
यी हुन् अपराधको जलप लगाएर माननीय बनेका सांसद,ज्युदै जलाएर मार्ने देखी अर्काकी श्रीमती उडाउने सम्म
गोरखा प्रहरी प्रमुख परे मापसे जाँचमा
गोरखा प्रहरी प्रमुख परे मापसे जाँचमा
निःशुल्क प्रवेश नपाएपछि निधिका अंगरक्षकले फनपार्कमा पेस्तोल ताके,
निःशुल्क प्रवेश नपाएपछि निधिका अंगरक्षकले फनपार्कमा पेस्तोल ताके,
मुद्दा मिलाइदिने भन्दै अदालतका सुब्बाले ५ लाख घुस लिएपछि…
मुद्दा मिलाइदिने भन्दै अदालतका सुब्बाले ५ लाख घुस लिएपछि…
धरानमा होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु
धरानमा होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु
टेलिफाेनले खाेज्छ हाेटलका ग्राहक !
टेलिफाेनले खाेज्छ हाेटलका ग्राहक !
काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा
काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा
कोरिया–अमेरिका स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनको तयारी
कोरिया–अमेरिका स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनको तयारी
रोल्पाका सबै स्थानीय सरकारको पहिलो प्राथमिकता शिक्षा
रोल्पाका सबै स्थानीय सरकारको पहिलो प्राथमिकता शिक्षा
प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँः मुख्यमन्त्री गुरुङ
प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँः मुख्यमन्त्री गुरुङ

तपाईंले छुटाउनुभयो कि?