विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
  • राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ। बुधबार र बिहिबारको अमेरिकी डलर समान रहेको छ। दुवै दिन अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।

युरोपियन यूरो भने थोरै वृद्धि भएको छ। बुधबार यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा रहेकामा आज एकको खरिदर एक सय ४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७८ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७९ पैसा, बहराइन दिना र एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुईटेलकाे अध्यक्षतामा अमेरिकामा अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ गठन
लुईटेलकाे अध्यक्षतामा अमेरिकामा अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ गठन
नेता ढुंगेललाई माफी दिने तयारी
नेता ढुंगेललाई माफी दिने तयारी
पुस १६ गते बुधबारको राशिफल यस्तो छ
पुस १६ गते बुधबारको राशिफल यस्तो छ
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे
‘तिम्रो नामको Tatto’ भन्दै के गर्छन् मिनकुमार तामाङ कोनिका घिमिरेसँग (भिडियोसहित)
‘तिम्रो नामको Tatto’ भन्दै के गर्छन् मिनकुमार तामाङ कोनिका घिमिरेसँग (भिडियोसहित)
के छ? एमाले र माओवादी एकताका लागि तयार पारिएको ४२ पेजको प्रतिवेदनमा
निर्भया बलात्कारका चार दोषीलाई झुण्ड्याएको पारिश्रमिक २० हजार
निर्भया बलात्कारका चार दोषीलाई झुण्ड्याएको पारिश्रमिक २० हजार
प्रदेशसभाको तयारीमा देश : कुन प्रदेशमा कहिले पहिलो बैठक ?
प्रदेशसभाको तयारीमा देश : कुन प्रदेशमा कहिले पहिलो बैठक ?
चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ, अन्तर्राष्ट्रिय उडान अगामी भदौ १ गतेबाट सञ्चालन हुने
चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ, अन्तर्राष्ट्रिय उडान अगामी भदौ १ गतेबाट सञ्चालन हुने
आजको राशीफल
आजको राशीफल

तपाईंले छुटाउनुभयो कि?