रवि लामिछानेको प्रतिक्रिया : खोरमा थुन्दैमा बाघ स्याल हुँदैन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
१९ पटक हेरिएको
Shares
रवि लामिछानेको प्रतिक्रिया : खोरमा थुन्दैमा बाघ स्याल हुँदैन

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई ‘बाघ’ को संज्ञा दिएका छन् ।
  • बयानको लागि रुपन्देही पुर्याईएका लामिछानेले सहकारी वकिलको कार्यालयमा बयान दिएर फर्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा आफूलाई बाघको रुपमा चित्रण गरेका हुन् ।

काठमाडौं। सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई ‘बाघ’ को संज्ञा दिएका छन् । बयानको लागि रुपन्देही पुर्याईएका लामिछानेले सहकारी वकिलको कार्यालयमा बयान दिएर फर्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा आफूलाई बाघको रुपमा चित्रण गरेका हुन् ।

उनको संक्षिप्त प्रतिक्रिया थियो,‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन् ।’ लामिछाने पक्राउ परेपछि रास्वपा पँक्ति पूरै आन्दोलित छ । लामिछानेले पनि आफूमाथि कांग्रेुस र एमालेले राजनीतिक प्रतिशोध साँधेको दाबी गरेका छन् । उनले यसअघि केपी शर्मा ओली नेतृत्वमा रहेसम्म देशले सुख नपाउने टिप्पणी गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?