पारिवारीक झल्को दिनलाई रोट्याक्ट क्लव अफ लेखनाथ वृदवृद्धा सँगै खाए दर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
पारिवारीक झल्को दिनलाई रोट्याक्ट क्लव अफ लेखनाथ वृदवृद्धा सँगै  खाए दर

सारांश

  • रोट्याक्ट क्लव अफ लेखनाथले वृदवृद्धा सँगै दर खाएर तिज मनाएको छ।
  • पोखरा लेखनाथ २७ सहेलापाखा स्थित श्री कृष्ण प्रणमी वृद्धा आश्रममा रहेका १२ जना वृद्धाहरु सँगै दर खाई नाचगान गरेर मनाएको छ ।
  •                                                                                                                                           होटलमा गएर खर्च गर्नु भन्दा समाज र दुखी वृद्धवृद्धाहरुलाई पारिवारीक झल्को दिनलाई हरेक वर्ष झैं यस वर्ष पनी कार्यक्रम गरीएको रोट्याक्ट क्लव लेखनाथका अध्यक्ष सुजन न्यौपानेले जानकारी दिनु भएको छ ।

रोट्याक्ट क्लव अफ लेखनाथले वृदवृद्धा सँगै दर खाएर तिज मनाएको छ। पोखरा लेखनाथ २७ सहेलापाखा स्थित श्री कृष्ण प्रणमी वृद्धा आश्रममा रहेका १२ जना वृद्धाहरु सँगै दर खाई नाचगान गरेर मनाएको छ ।                                                                                                                                          होटलमा गएर खर्च गर्नु भन्दा समाज र दुखी वृद्धवृद्धाहरुलाई पारिवारीक झल्को दिनलाई हरेक वर्ष झैं यस वर्ष पनी कार्यक्रम गरीएको रोट्याक्ट क्लव लेखनाथका अध्यक्ष सुजन न्यौपानेले जानकारी दिनु भएको छ ।                                                                                                                                          कार्यक्रममा वोल्दै प्रमुख अतिथी रोटरी क्लव अफ लेखनाथका अध्यक्ष वद्रीनाथ पौडेलले समाज परिवर्तनमा युवाहरुको भूमिका उच्च रहेको हुनादे यस्ता खालको कार्यक्रम सँगै युवा लक्षीत र रोजगारमुखी कार्यक्रम गर्न समेत आग्रह गर्नु भएको छ । सोही कार्यक्रममा वृद्धा आश्रमका सल्लाहकार महेश्वर पाण्डे, सचिव तिलकशाली अधिकारी, लेखनाथ जेसिजका कार्यकारीणी उपाध्यक्ष टंक लामीछाने, क्लवका पुर्व अध्यक्षहरु नवराज पौडेल, रोशल अधिकारी, सन्दिप ढुंगानालेले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।                                                                                                                                                                                                                                रोट्याक्ट क्लव अफ लेखनाथका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्लवका प्रेसिडेन्ट इलेक्ट सन्दिप पौडेल, धन्यवाद ज्ञापन उपाध्यक्ष चिरञ्जीवी न्यौपाने र सञ्चालन सचिव शिवराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?