दाङमा भेटिए डेंगुका पाँचजना बिरामी

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
दाङमा भेटिए डेंगुका पाँचजना बिरामी

सारांश

  • दाङ ।
  • दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् ।
  • तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेंगु रोगका बिरामी फेला परेका हुन् ।

दाङ । दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेंगु रोगका बिरामी फेला परेका हुन् ।

अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको परीक्षण गर्दा डेंगुको संक्रमण फेला परेको अस्पतालका डा. सुवोधकुमार शर्माले जानकारी दिए ।

तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला त्यसैगरी शान्तिनगर गाउँपालिकाका र मानपुर–४ मा दुईजना महिलामा डेंगु रोग फेला परेको हो । अस्पतालमा भर्ना भएकामध्ये दुईजना महिला उपचारपछि घर फर्केको र दुई महिला र एक पुरुषको अस्पतालमा उपचार भइरहेको डा. शर्माले जानकारी दिए ।

लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । यस अघि पनि जिल्लामा १३ जना डेंगु रोगका बिरामीहरु फेला परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?