राजेश हमालले यसरी पूरा गरे विजयकुमारसँग गरेको वाचा (भिडियो)
सारांश
- काठमाडौं ।
- महानायक राजेश हमालले वरिष्ठ पत्रकार एवं लेखक विजयकुमार पाण्डेसँग गरेको बाचा पूरा गरेका छन् ।
- यसको खुलासा भर्खरै एपी वान टेलिभिजनको दिशानिर्देश कार्यक्रममार्फत भएको छ ।
काठमाडौं । महानायक राजेश हमालले वरिष्ठ पत्रकार एवं लेखक विजयकुमार पाण्डेसँग गरेको बाचा पूरा गरेका छन् । यसको खुलासा भर्खरै एपी वान टेलिभिजनको दिशानिर्देश कार्यक्रममार्फत भएको छ ।
दिशा निर्देश कार्यक्रम विजयकुमारको उत्पादन हो । पहिले कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रममा ५ वर्षअघि राजेशले पहिलोपटक आफूले एक वर्षभित्रै विहे गर्न लागेको घोषणा गरेका थिए । र, दिशानिर्देश कार्यक्रम अहिले एपी वान टेलिभिजनसम्म आइपुग्दा ५ वर्षपछि विजयकुमारले राजेशसँग अन्तर्वार्ता गरेका छन् ।
र, अन्तर्वार्ताको सुरुवातमै ५ वर्षअघि आफ्नो कार्यक्रममा पहिलोपटक गरेको बाचा पूरा भएकोमा विजयकुमारले राजेशलाई धन्यवाद दिए । अर्थात राजेशले विहे गरेको २–३ वर्ष भइसकेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया