१० मंसिरमा ३२ र २१ मंसिरमा ४५ जिल्लामा निर्वाचन (सूची

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
३० पटक हेरिएको
Shares
१० मंसिरमा ३२ र २१ मंसिरमा ४५ जिल्लामा निर्वाचन (सूची

सारांश

  • काठमाडौँ, १६ भदौ ।
  • निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
  • भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा आगामी मंसिर १० गते आइतबार हिमाली र उच्च पहाडी ३२ जिल्लामा तथा दोस्रो चरणमा मंसिर २१ गते बिहीबार पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

काठमाडौँ, १६ भदौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा आगामी मंसिर १० गते आइतबार हिमाली र उच्च पहाडी ३२ जिल्लामा तथा दोस्रो चरणमा मंसिर २१ गते बिहीबार पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिरमा दुई चरणमा एकसाथ गर्ने निर्णय यस अघि नै गरिसकेको थियो ।

आयोगले प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप तथा प्रदेश नं ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा जिल्लामा पहिलो चरणमा आगामी मंसिर १० गते निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

आयोगका अनुसार, प्रदेश नं ५ का रूकुम (पूर्वी भाग) र रोल्पा, प्रदेश नं ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट तथा डोल्पा तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमै हुनेछ ।

निर्वाचन आयोगले प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत जिल्लामा भने दोस्रो चरणमा आगामी मंसिर २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसैगरी प्रदेश नं ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख, प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पनि दोस्रो चरणमा सञ्चालन गर्ने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी ऐन अनिवार्य हुने भएकाले उक्त कानून शीघ्र आयोगमा उपलब्ध गराइ दिन सरकारलाई पुनः अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

निर्णयमा भनिएको छ, “प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग नेपाल सरकारबाट प्राप्त हुनेमा आयोग विश्वस्त रहेको व्यहोरा नेपाल सरकालाई जानकारी गराउने ।”

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गर्दै आयोगले तोकिएको मितिमा स्वच्छ र स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

सूची:

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
दलीय आधारमा न्यायमूर्तिहरुको भागबन्डा
दलीय आधारमा न्यायमूर्तिहरुको भागबन्डा
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो
भारत चीनबीच तनाव, सीमा क्षेत्रमा फायरिङ
भारत चीनबीच तनाव, सीमा क्षेत्रमा फायरिङ
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले
धर्म परिवर्तन गराउँदै हिड्नेलाई ५ वर्ष जेल
धर्म परिवर्तन गराउँदै हिड्नेलाई ५ वर्ष जेल
किन आन्दोलित बन्दैछन् अरब मुलुकका महिला ?
किन आन्दोलित बन्दैछन् अरब मुलुकका महिला ?
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
नेकपा एमालेको भागमा १५ मन्त्री, योगेशदेखि पद्मा अर्यालसम्मको नाम ! (यस्तो छ सूचीमा)

तपाईंले छुटाउनुभयो कि?