अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
३१ पटक हेरिएको
Shares
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/

सारांश

  • भदौ, चितवन ।
  • एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठक भरतपुरमा आइतवारदेखि सुरु हुँदैछ ।
  • भदौ २० गतेसम्म चल्ने बैठकको एक समारोहका बीच क्यान्सर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्य.

भदौ, चितवन । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठक भरतपुरमा आइतवारदेखि सुरु हुँदैछ ।

भदौ २० गतेसम्म चल्ने बैठकको एक समारोहका बीच क्यान्सर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्य.क्रम रहेको छ,

बैठकमा केन्द्रीय समिति, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र राष्ट्रिय परिषद्का गरी करिब ४ सय विद्यार्थी सहभागी हुँदैछन् ।

यसअघि ३ पटकसम्म सरेको बैठकमा शैक्षिक गुणस्तर र विद्यार्थी आन्दोलनको आगामी कार्यदिशाका वारेमा छलफल गरी निष्कर्ष निकालिने महासचिव ऐन महरले जानकारी दिए । उनले २ नम्वर प्रदेशमा हुन लागेको स्थानीय निर्वाचनसँगै प्रदेश र केन्द्रको निर्वाचनका वारेमा पनि बहस गर्ने बताए ।

बैठकमा सहभागी हुन नेकपा एमालेका युवा नेता एवम् विद्यार्थी इञ्चार्ज रवीन्द्र अधिकारी र जनवर्गीय संगठनका मोर्चा फाँट प्रमुख गोर्कण बिष्ट पनि चितवन आउने कार्यक्रम छ ।यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपाल निजामती कर्मचारी संगठन, चितवनको नवनिर्मित सभा भवनको उद्घाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ । जिल्ला समन्वय समितिको अगाडि रहेको सभाहलको बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ/

(https://www.leankitchenco.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binod Kumar Kohli

    bhane paxi daro ukhan tukka sunay!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?