उपप्रधानमन्त्री महरा बुधबार चीन जाँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
१९ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री महरा बुधबार चीन जाँदै

सारांश

  • बेइजिङ ।
  • परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आगामी बुधवार चार दिने भ्रमणका लागि बेइजिङ जाने भएका छन् ।
  • उपप्रधानमन्त्री समेत रहेका महराको परराष्ट्रमन्त्री भएपछिको यो पहिलो चीन भ्रमण हो ।

बेइजिङ । परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आगामी बुधवार चार दिने भ्रमणका लागि बेइजिङ जाने भएका छन् । उपप्रधानमन्त्री समेत रहेका महराको परराष्ट्रमन्त्री भएपछिको यो पहिलो चीन भ्रमण हो । चिनियाँ विदेशमन्त्रीको निम्तोमा भ्रमणमा आउन लागेका मन्त्री महराले चिनियाँ प्रधानमन्त्री लि कछ्यागंसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।

महराले दुई दिन बेइजिङमा रहँदा आफ्ना समकक्षी वांग यीसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । महराले सेप्टेम्वर ९ मा गोन्जाऔमा रहेको नेपाली महावाणिज्यदुतावासको औपचारिक उद्धघाटन गर्ने कार्यक्रम समेत छ ।

उपप्रधानमन्त्री महराको साताव्यापी चीन भ्रमणको क्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका वेला भएका समझदारी र चिनियाँ उपप्रधानमन्त्री वाँग यांगको नेपाल भ्रमणका क्रममा भएका सम्झौतालाई अघि वढाउने विषयमा समेत चिनियाँ अधिकारीसँग छलफल हुनेछ ।

त्यसैगरी महराको चीन भ्रमणका बेला उर्जासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । दुवै देशका अधिकारीले उक्त सम्झौतामा हस्ताक्षर गर्नको लागी सवै तयारी पुरा गरीसकेका छन् । ‘मन्त्री महराको यो सद्भावना भ्रमण मात्र हो, परराष्ट्रमन्त्रीको चीन भ्रमणमा द्विपक्षीय वार्ता हुनुको साथै चिनियाँ प्रधानमन्त्रीसंग समेत भेटवार्ता गर्ने कार्यक्रम’, परराष्ट्र स्रोतले भन्यो ।

परराष्ट्रस्रोतले दिएको जानकारीअनुसार महराको भ्रमण टोलीमा परराष्ट्रको चीन महाशाखा हेर्ने सहसचिव गणेश ढकाल, उपसचिव कुमार राई र महराका प्रेस संयोजक हरि लामिछाने रहेका छन् । महराको सेप्टेम्वर १० मा स्वदेश फर्कने कार्यक्रम छ । उपप्रधानमन्त्री महरा प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री हुदा चीनसँग वान वेल्ट वान रोडमा सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    zrknsryvpn

    Muchas gracias. ?Como puedo iniciar sesion?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?