पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ८, २०७७
|
|
२३ पटक हेरिएको
Shares
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन

सारांश

  • पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ ।
  • पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज) (पिएमएलएन) ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।
  • उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी हाल ९० वर्षको थिईन्।

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज) (पिएमएलएन) ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।

उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी हाल ९० वर्षको थिईन्। उनी केही समययता देखि विरामी थिईन् र लन्डनको एक अस्पतालमा उपचार गराइरहेकी थिईन् ।

सो दलका उप सचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र अन्त्येष्टि गरिने भएको छ ।

पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लन्डनमा नै उपचाररत छन् । उनलाई मिर्गौला र मुटुको रोग देखिएको छ । त्यसैले उनी पनि लन्डनमै उपचाररत रहेको बताइएको छ । छोरा विरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन गएका थिए । उनलाई देश बाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा नवाज शरिफलाई भेट्नका लागि गत महिना लन्डन गएका थिए ।

उनी लन्डनमा पुगेपछि विरामी पर्नु भएको र उपचार गराइरहेका समाचारमा जनाइएको थियो ।-एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?