​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २१, २०७३
|
|
१६७ पटक हेरिएको
Shares
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…

सारांश

  • नेकपा (एमाले) लगायत नौ राजनीतिक दलले शुक्रबार हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा आज बृहत् मोटरसाइकल -याली निकालेका छन् ।
  • मोटरसाइकल -यालीमा बीस हजार भन्दा बढी प्रदर्शनकारी सहभागी रहेका थिए ।
  • एमाले, नेकपा (माले), राष्ट्रिय जनमोर्चा लगायत नौ राजनीतिक दलले अपराह्न ३ बजे प्रर्दशनीमार्ग स्थित भृकुटीमण्डपबाट मोटरसाइकल -याली निकालेका हुन ।

नेकपा (एमाले) लगायत नौ राजनीतिक दलले शुक्रबार हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा आज बृहत् मोटरसाइकल -याली निकालेका छन् । मोटरसाइकल -यालीमा बीस हजार भन्दा बढी प्रदर्शनकारी सहभागी रहेका थिए । एमाले, नेकपा (माले), राष्ट्रिय जनमोर्चा लगायत नौ राजनीतिक दलले अपराह्न ३ बजे प्रर्दशनीमार्ग स्थित भृकुटीमण्डपबाट मोटरसाइकल -याली निकालेका हुन ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल -याली भृकुटीमण्डपमा आएर पुनः सहर परिक्रमा गरेको थियो । भृकुटीमण्डपबाट मोटरसाइकल -यालीको शुभारम्भ एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, महासचिव इश्वर पोखरेल, सचिवहरु प्रदीप ज्ञवाली, योगेश भट्टराई लगायतका नेताहरुले गरेका थिए ।
आजको मोटरसाइकल -यालीमा सहभागीहरुले राष्ट्रघाती संविधान संशोधन फिर्ता लिनका लागि दबाब दिन शुक्रबार हुने विरोध प्रदर्शनमा सहभागी हुनका लागि जनसमुदायलाई आह्वान गरेका थिए ।
भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल -याली त्रिपुरेश्वर, थापाथली, जावलाखेल, सातदोवाटो, कोटेश्वर, नयाँ बानेश्वर हुँदै पुनःभृकुटीमण्डपमा पुगी टुङ्गिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?