नारच्याङमा जलविद्युत्् आयोजनाका काम धमाधम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
४५ पटक हेरिएको
Shares
नारच्याङमा जलविद्युत्् आयोजनाका काम धमाधम

सारांश

  • म्याग्दी, २२ भदौ ।
  • जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले निर्माण कार्यलाई तीव्रता दिएका छन् ।
  • नारच्याङमा अहिले पाँचवटा जलविद्युत् आयोजनाले निर्माण अगाडि बढाएका छन् ।

म्याग्दी, २२ भदौ । जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले निर्माण कार्यलाई तीव्रता दिएका छन् ।

नारच्याङमा अहिले पाँचवटा जलविद्युत् आयोजनाले निर्माण अगाडि बढाएका छन् । जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएसँगै नारच्याङ छिट्टै जलविद्युत् गाउँका रुपमा विकास हुने भएको छ ।

अन्नपूर्ण हिमालको फेदीबाट बग्ने घलेम्दीखोलाबाट विद्युत् उत्पादन गर्न लागेको घलेम्दीखोला जलविद्युत् आयोजनाले आगामी चैतभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमताको सो आयोजनाको करिब एक हजार ७०० मिटर लामो सुरुङ निर्माण सकिएको छ ।

सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै बाँधतर्फ सामान ढुवानी गर्न सकिने भएकाले निर्माण सहज भएको घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले बताउनुभयो । सो आयोजना जिल्लाकै लगानीकर्ता र प्रवद्र्धकको प्रयासमा निर्माण हुन लागेको पहिलो आयोजना हो । विसं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम हालसम्म ७५ प्रतिशत पूरा भएको छ ।

आयोजनाबाट २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य छ । आयोजनामा लुम्बिनी र टुरिजम् डेभलपमेन्ट बैंकले रु ५५ करोड लगानी गरेका छन् । सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई नारच्याङकै घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने योजना छ ।

नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले समेत पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । रोवष्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको सो आयोजनाको काम विगत करिब एक वर्षदेखि दु्रत गतिमा बढेको छ । निलगिरि र घलेम्दीखोलाको दोभानमा बाँध रहने यस आयोजनाको दुई हजार ३०० मिटर सुरुङमार्गबाट ल्याइने पानीलाई २८७ मिटर हेडबाट नारच्याङको बेँसीगाउँस्थित कालीगण्डकी नदीको किनारमा रहने विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ ।

पूर्वाधार निर्माणमा परिचालन भएको हाई हिमाल हाइड्रो कन्स्ट्रक्सनले अहिलेसम्म ९६० मिटरभन्दा बढी सुरुङमार्ग निर्माण गरिसकेको परामर्शदाता हाइड्रो कन्सल्ट इन्जिनियरिङका आवासिय इन्जिनियर दिवाकर खड्काले बताउनुभयो । सन् २०१६ को जुनदेखि पूर्वाधार निर्माण शुरु गरेको उक्त आयोजनाबाट सन् २०१९ फेब्रुअरीसम्ममा विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यअनुसार काम भइरहेको छ ।

नारच्याङमै निलगिरि खोलाबाट जलविद्युत् उत्पादनका लागि दुईवटा आयोजनाको काम अगाडि बढेको छ । अठतीस मेगावाटको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि क्यास्केटका प्रवद्र्धकले निलगिरि खोलाको किनार हुँदै सडक निर्माण भइरहेको स्थानीय जनजागरण युवा क्लबका तमबहादुर चोचाङ्गीले बताउनुभयो ।

नारच्याङमा विसं २०४३ मा निर्माण शुरु भएर २०४४ देखि जिल्लामै पहिलोपटक विद्युत्् वितरण थालेको दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो । अन्नपूर्ण साउथबाट बग्ने घलेम्दी, निलगिरि हिमालबाट बग्ने निलगिरि र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट विद्युत् उत्पादनका लागि अहिलेसम्म नारच्याङमा मात्रै १० वटा जलविद्युत् आयोजना दर्ता भइसकेका छन् ।

दर्ता भएकामध्ये १० मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकेको छ भने १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो र ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएर इआइएको चरणमा छन् । लाइसेन्स खारेजीमा परेको १६५ मेगावाट क्षमताको कालीगण्डकी गर्ज डिटेल सर्वेको काम सकेको र करिब ३०० रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेकाले उक्त आयोजना लगानीकर्ताको खोजीमा छ ।

जलविद्युत् आयोजनासँगै गाउँमा भौतिक पूर्वाधार विकासले गति लिएको छ । स्थानीयस्तरमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सबस्टेसन तथा ३८ किमी दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण शुरु गरेपछि जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएका हुन् । आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने प्रसारण लाइन र सबस्टेसनको अभावमा यसअघि अनुमति लिएर पनि लामो समयदेखि दर्तामै थन्किनु परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुजना प्रधानले भनिन् ‘२४ फिल्म चल्दैमा दीपकराज गिरीलाई राजेश हमालसँग दाज्न मिल्दैन’
पुजना प्रधानले भनिन् ‘२४ फिल्म चल्दैमा दीपकराज गिरीलाई राजेश हमालसँग दाज्न मिल्दैन’
अब नवराज सिलवाल ९२ देशको प्रहरीको निगरानीमा
अब नवराज सिलवाल ९२ देशको प्रहरीको निगरानीमा
एकै चरणमा ४ मंसिरमा निर्वाचन गर्ने सरकारको निर्णय
एकै चरणमा ४ मंसिरमा निर्वाचन गर्ने सरकारको निर्णय
अन्योलपूर्ण बन्दै प्रदेश २ काे नामकरण र राजधानी
अन्योलपूर्ण बन्दै प्रदेश २ काे नामकरण र राजधानी
केपि अोलिले भने बूढो रुखलाई जति युरिया मल हालेनि बढ्दैन् ।
केपि अोलिले भने बूढो रुखलाई जति युरिया मल हालेनि बढ्दैन् ।
चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
नेकपा बैठकमा घेराबन्दी देखि विधि पद्धितको एजेन्डा
नेकपा बैठकमा घेराबन्दी देखि विधि पद्धितको एजेन्डा
कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !
कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !
नेपालको विदेश नीति र  अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
नेपालको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान
उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान