प्रदेश नम्बर २ मा एमाले पहिलो : पोखरेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्रदेश नम्बर २ मा एमाले पहिलो : पोखरेल

सारांश

  • पर्सा , भदौ २७ – नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले प्रदेश नं २ मा नेकपा एमाले पहिलो पार्टी हुने दावी गर्नुभएको छ ।
  • वीरगंज महानगरकोलागि प्रतिवद्धतापत्र सार्वजनिक  गर्नका लागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो दावी गर्नुभएको हो ।
  • नेकपा एमाले सबै जात जाति, भाषा भाषीकोे पार्टी हुनु नैे चुनावमा जित्ने आधार भएको उहाँले बताउनुभयो ।

पर्सा , भदौ २७ – नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले प्रदेश नं २ मा नेकपा एमाले पहिलो पार्टी हुने दावी गर्नुभएको छ । वीरगंज महानगरकोलागि प्रतिवद्धतापत्र सार्वजनिक  गर्नका लागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो दावी गर्नुभएको हो ।

नेकपा एमाले सबै जात जाति, भाषा भाषीकोे पार्टी हुनु नैे चुनावमा जित्ने आधार भएको उहाँले बताउनुभयो । एमालेलाई मधेश विरोधी देखाउने चेष्टा भएको भन्दै तराईको विकासमा सदैव अग्रसर पार्टी मधेश बिरोधी हुन नसक्ने बताउनुभयो ।

वीरगंज महानगरका मेयर उम्मेदवार बसरुदिन अन्सारीलाई बदनाम गर्न विदेशी एजेन्सी लागेको उहाँले दावी गर्नुभयो । हिजोका दिनसम्म केही नभएको मान्छे एमालेबाट मेयरको उम्मेदवार बनेपछि विभिन्न आरोप लगाउनुको पछाडि एमाले विरोधी तत्वको हात रहेको भन्दै त्यसको प्रतिवाद गर्न तयार रहन कार्यक्रतालाई आह्वान गर्नुभयो । कार्यक्रममा मेयरका उम्मेदवार बसरुदिन अन्सारीले आफना प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    आधार बिन्दु

    उल्टोपट्टिबाट अवस्य पानी ट्याँङ्की महोदय !

    Comment Author

    Bindeshwar Yadav

    Sapna dekhna painx

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?