निर्वाचनमा उम्मेद्वारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव
सारांश
- काठमाडौं ।
- निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारले १४ लाख रुपैयाँ खर्च गर्न पाउने प्रस्ताव अघि सारेको छ ।
- बिहीबार प्रमुख राजनीतिक दलसँगको छलफलमा आयोगले विगतमा भन्दा खर्च सीमा ४ लाख बढाएर प्रस्ताव गरेको हो ।
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारले १४ लाख रुपैयाँ खर्च गर्न पाउने प्रस्ताव अघि सारेको छ । बिहीबार प्रमुख राजनीतिक दलसँगको छलफलमा आयोगले विगतमा भन्दा खर्च सीमा ४ लाख बढाएर प्रस्ताव गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रति मतदाता हुने खर्चलाई बजार मूल्यसँग समायोजन र मुद्रास्फितिलाई मूल आधार बनाएर प्रस्तावित निर्वाचन खर्च तय गरिएको स्पष्ट पार्नुभयो । निर्वाचन आयोगले निर्वाचन क्षेत्रको भू–क्षेत्र बढकोले पनि निर्वाचन खर्च केही बढ्न गएको पनि स्मरण गराएको छ । निर्वाचन आयोगले २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले १० लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था गरेको थियो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ अनुसार निर्वाचन आयोगले निर्वाचनमा हुने खर्चको सीमा तोक्न पाउने व्यवस्था छ । आगामी मंसिर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । आयोगले प्रदेश सभा र प्रतिनिधि निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया