दाहालले भने एमालेको केपी ओली बाहेकको पक्षलाई पनि ल्याएर एमालेलाई ध्वस्त पार्नुपर्छ ।’

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
३६ पटक हेरिएको
Shares
दाहालले  भने एमालेको केपी ओली बाहेकको पक्षलाई पनि ल्याएर एमालेलाई ध्वस्त पार्नुपर्छ ।’

सारांश

  • माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेलाई ध्वस्त पार्न पार्टीले हरेक मोर्चामा कांग्रेससँग गठबन्धन गरेको वताउनु भएको छ ।
  • पत्रकार महासंघको चुनावी तयारीका लागि आयोजित माओवादी निकट पत्रकारहरुको भेलामा दाहालले स्थानीय चुनाव, सरकार र पत्रकार महासंघ सबै मोर्चामा कांग्रेसँग मोर्चाबन्दी गरी एमालेलाई सिध्याउनु पर्ने वताउनु भएको हो ।
  • एमालेले बोकेको राष्ट्रवादको नाराले माओवादीलाई समाप्त पार्ने दिशामा लगेको वताउँदै दाहालले त्यसका विरुद्ध कांग्रेस र एमालेकै अर्काे पक्षसँग मोर्चाबन्दी हुनेगरेको वताउनुभयो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेलाई ध्वस्त पार्न पार्टीले हरेक मोर्चामा कांग्रेससँग गठबन्धन गरेको वताउनु भएको छ । पत्रकार महासंघको चुनावी तयारीका लागि आयोजित माओवादी निकट पत्रकारहरुको भेलामा दाहालले स्थानीय चुनाव, सरकार र पत्रकार महासंघ सबै मोर्चामा कांग्रेसँग मोर्चाबन्दी गरी एमालेलाई सिध्याउनु पर्ने वताउनु भएको हो ।

एमालेले बोकेको राष्ट्रवादको नाराले माओवादीलाई समाप्त पार्ने दिशामा लगेको वताउँदै दाहालले त्यसका विरुद्ध कांग्रेस र एमालेकै अर्काे पक्षसँग मोर्चाबन्दी हुनेगरेको वताउनुभयो । ‘एमालेको राष्ट्रवादको नारा अहंकारपूर्ण छ, त्यसले हाम्रो पार्टी र माओवादी आन्दोलनको भविश्य नै जोखिममा पारेको छ’ दाहालको भनाई उद्धृत गर्दै भेलामा सहभागि माओवादी पत्रकारले भन्नुभयो, ‘राष्ट्रवादको नारालाई तोड्न सबै तहका चुनाव र पत्रकार महासंघको चुनावमा पनि सहकार्य गर्नु परेको हो । यो सहकार्यमा एमालेको केपी ओली बाहेकको पक्षलाई पनि ल्याएर एमालेलाई ध्वस्त पार्नुपर्छ ।’

पत्रकार महासंघको चुनावमा कांग्रेस–माओवादी गठबन्धन रणनीतिक रुपमै बनाइएको र यो गठबन्धन आउने समयसम्म पनि जारी राखिने दाहालले वताउनुभयो । ‘तपाईंहरु पत्रकार महासंघको चुनावमा हुनुहुन्छ । हेर्दा यो पत्रकारको चुनावजस्तो छ तर, गम्भीरतापूर्वक हेर्नुस् है– यो राजनीति हो’ दाहालले भन्नुभयो, ‘यहाँ पनि एमालेलाई ध्वस्त पार्न कांग्रेससँगको गठबन्धनलाई जिताउनु पर्छ ।’

गतवर्ष असारमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर कांग्रेस माओवादी गठबन्धन बनाउनु भएका दाहालले त्यसबेला पनि पार्टीको भविश्य समाप्त हुने सोचेरै एमालेसँग गठबन्धन त्यागेको वताउनुभयो । ‘केपी ओली नेतृत्वको सरकारले जे जे गरेको थियो, त्यसै त्यसै गर्न दिने हो भने हाम्रो भविश्य त सकिने थियो नै’ दाहालले भन्नुभयो, ‘कांग्रेस पनि इतिहासमै सबैभन्दा कमजोर बन्ने अवस्था थियो, त्यसैले जानीबुझी नै त्यो गठबन्धन तोडिएको हो ।’ उहाँले एमालेसँगको गठबन्धन तोडेर ओली नेतृत्वको सरकार ढाल्न एमालेका पनि केही नेताले आफूलाई बारम्बार सुझाव दिएको दावी गर्नुभयो ।

‘केपी ओलीलाई छाडेर म प्रधानमन्त्री बन्ने कुरा हाम्रो बलले मात्र सम्भव भएको होइन । एमालेभित्रको एउटा धारले सहयोग गरेका कारण सम्भव भएको हो,’ दाहालले भन्नुभयो, ‘मलाई लगातार उहाँहरूले तपाईं छाड्नुहोस्, केपी ओलीजस्तो मान्छेलाई किन प्रधानमन्त्री बनाइरहनुभएको छ भनिरहनुभयो । अहिले पनि केपीलाई फाइदा हुने गरी केही नहोस् भन्ने चाहना राख्ने नेता एमालेभित्र छन् । त्यो पक्षलाई बढावा दिँदा मात्र हामीलाई फाइदा हुन्छ ।’ दाहालले एमाले नसिध्याए राष्ट्रिय राजनीतिमा एकलौटी साख बनाएर एमालेले माओवादी आन्दोलन सिध्याउने आशंका ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हार्नुको दोष बाम गठबन्धनलाई-चुनावमा अन्तरघात गर्नेलाई कांग्रेसले कार्वाही गर्ने
हार्नुको दोष बाम गठबन्धनलाई-चुनावमा अन्तरघात गर्नेलाई कांग्रेसले कार्वाही गर्ने
प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत
प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत
नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस् : उपप्रधानमन्त्री खड्का
नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस् : उपप्रधानमन्त्री खड्का
थप ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना
मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना
प्रधानमन्त्री देउवा भारत प्रस्थान
प्रधानमन्त्री देउवा भारत प्रस्थान
देउवाले दिए जिल्ला सभापतिहरूलाई यस्तो चुनौति
युद्धको त्रासबाट मुक्ति मिलेको छ : परराष्ट्रमन्त्री
युद्धको त्रासबाट मुक्ति मिलेको छ : परराष्ट्रमन्त्री
लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री थापा
लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री थापा