दुई दिनभित्र एकताको प्रस्ताव तयार हुने : प्रचण्ड
सारांश
- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दुई दिन भित्र पार्टी तल्लो तहको एकताको प्रस्ताव तयार पारिने बताउनुभएको छ ।
- प्रदेश नं.
- १ को राजधानी विराटनगरमा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्षले भन्नुभयो, ‘मंगलबार बिहान मात्रै मैले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको छु ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दुई दिन भित्र पार्टी तल्लो तहको एकताको प्रस्ताव तयार पारिने बताउनुभएको छ ।
प्रदेश नं. १ को राजधानी विराटनगरमा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्षले भन्नुभयो, ‘मंगलबार बिहान मात्रै मैले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको छु ।’ अध्यक्षले सिके राउतका बारेमा पार्टीका नेताहरुले गरेको अभिव्यक्तिलाई पार्टी कमिटिमा छलफल गरेर व्यवस्थापन गरिने बताउनुहुँदै सिके राउत बारे बाहिर नबोल्दा राम्रो हुने बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाब गर्नुभएको छ त्यसमा भर पर्छ। हाम्रोमा प्रधानमन्त्री प्रणाली छ। साँचो कुरा के हो भने मंगलबार बिहान मात्रै बालुवाटारमा कुरा भएको थियो। म बालुवाटारबाट सिधै आएको छु।’
अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘प्रधानमन्त्रीजीको भनाई छ कि, म हेरिरहेको छु, दुवै अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्यो भने केही परिवर्तन गर्नुपर्छ। तर अहिले हतारो छैन।’ अध्यक्ष प्रचण्डले आफूले मन्त्री परिवर्तन गर्ने अधिकार प्रधानमन्त्रीको भएकाले आफै गर्न भनेको बताउनुभयाे।
प्रतिक्रिया