चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
२० पटक हेरिएको
Shares
चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ

सारांश

  • गौशाला, ३० भदौ ।
  • तेस्रोचरणअन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपा माओवादी (विपल्व) का दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ ।
  • पक्राउपर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कठायतले बताउनुभयो ।

गौशाला, ३० भदौ । तेस्रोचरणअन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपा माओवादी (विपल्व) का दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कठायतले बताउनुभयो ।

लामालाई बर्दिवास र मिश्रलाई मटिहानी नगरपालिका क्षेत्रबाट पक्राउ गरेका छन् । पक्राउ परेका दुबै जनामाथि सार्वजनिक मुद्दा चलाएको र यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक कठायतले बताउनुभयो ।
बाढीबाट जोगाउनेले पाउछन्, दलितको भोट

रातो खोलाको बाढीबाट प्रत्यक्ष मारमापर्ने गरेको जलेश्वर नगरपालिका वडा नम्बर ६, ७ र ८ का सयौंँ दलितले बाढीबाट जोगाउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।

ती वडामा बसोबास गर्ने खत्वे, मुसहर, चमारलगायतका दलितले बाढीबाट जोगाउने उम्मेदवारलाई मतदान गर्ने बताएपछि विभिन्न दलका उम्मेदवार अहिले त्यो बस्तीमा पुगेर मत माग्न सक्रियता देखाउन थालेका छन् ।

जिल्लाको महादेवपट्टी, बखरी, रतवारा, बजराही र धबौली गाउँका सयौं दलित वर्षेनी रातो खोलामा आएको बाढीबाट भौतिक तथा मानवीय क्षति बेहोर्दै आएको छ ।

जलेश्वर नगरपालिकाका प्रमुख पदका उम्मेदवारका लागि मत माग्न बस्तीमा आउने नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेपाल फोरम लोकतान्त्रिक, राप्रपालगायतका राजनीतिक दल र विभिन्न स्वतन्त्र उम्मेदवारसँग उनीहरुले एउटै माग राख्दै आएका छन्, बाढीबाट जोगाउने प्रक्रिया अगाडी बढाउने ।

उनीहरुले रातो नदीबाट हुने गरेको धनजनको क्षति रोक्ने, रातो नदीमा पक्की बाँध बनाउने, तटबन्ध बनाउने र रातो नदीलाई जनताको सिँचाइ तथा अन्य किसिमले उपयोगी बनाउन मद्दत गर्ने व्यक्तिलाई मात्रै भोट हाल्ने बताउँछन् ।

गत साउन महिनाको अन्तिमसातामा मात्रै रातो नदीमा आएको बाढीबाट जलेश्वर नगरपालिकामा तीन जनाको मृत्यु भएको थियो । त्यस्तै बाढीबाट करोडौंँको धनमाल र धानखेतीमा क्षति पुगेको हुँदा रातो नदीको बाढीबाट जोगाउनेले मात्रै हाम्रो भोट पाउने उनीहरु बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीलाई बाबुरामको प्रश्न : भारतीय राजदूतलाई किन स्पष्टीकरण नसोधेको ?
प्रधानमन्त्री ओलीलाई बाबुरामको प्रश्न : भारतीय राजदूतलाई किन स्पष्टीकरण नसोधेको ?
‘पत्रिकाको विज्ञापन पार्टीले होइन शुभेच्छुकले छापेका हुन’ एमाले
‘पत्रिकाको विज्ञापन पार्टीले होइन शुभेच्छुकले छापेका हुन’ एमाले
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
वाम गठबन्धनलाई बदनाम गर्ने कांग्रेस रणनीतिःमाओवादी मन्त्री हटाउने  तयारी  !
वाम गठबन्धनलाई बदनाम गर्ने कांग्रेस रणनीतिःमाओवादी मन्त्री हटाउने तयारी !
मेलम्चीको पानीले कहिले मेटाउला प्यास ?
मेलम्चीको पानीले कहिले मेटाउला प्यास ?
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त
ओली अप्ठ्यारोमा, सत्ता ढाल्न बन्दै यस्तो रणनीति
उपराष्ट्रपतिमा नन्दबहादुर पुन “पासाङ” निर्विरोध
उपराष्ट्रपतिमा नन्दबहादुर पुन “पासाङ” निर्विरोध
नेविसङ्घमा ३२ वर्षे उमेर हद !
नेविसङ्घमा ३२ वर्षे उमेर हद !
प्रज्ञा पारमिता अनुवादले तिव्रता पाउँदै, २५ हजार पंक्ति अनुवाद सम्पन्न
प्रज्ञा पारमिता अनुवादले तिव्रता पाउँदै, २५ हजार पंक्ति अनुवाद सम्पन्न

तपाईंले छुटाउनुभयो कि?