रौतहट माओवादीका ७ जना कारबाहीमा, को– को ?
सारांश
- रौतहट ।
- नेकपा माओवादी केन्द्र रौतहटले पार्टीको नियम कानून विधि र पद्धति विपरित गम्भीर अपराध गरेकाले ७ जना जिल्ला सदस्यलाई पार्टीबाट निकाला गरिएको जनाएको छ ।
- माओवादी केन्द्र रौतहटले गरिब, निमुखा सर्वसाधारण जनताको पक्षमा पार्टीले लिएको लाईन विपरित यथास्थितिवादी, प्रतिक्रियावादी, विखण्डनकारीको निहित स्वार्थको गोटी बनेको भन्दै उनीहरूलाई पार्टीबाट निस्कासन गरिएको जनाउँदै उनीहरूको पछि नलाग्न आफ्ना नेता, कार्यकता, शुभेच्छुक, शुभचिन्तक तथा सर्वसाधारण जनतामा अपिल गरेको छ ।
रौतहट । नेकपा माओवादी केन्द्र रौतहटले पार्टीको नियम कानून विधि र पद्धति विपरित गम्भीर अपराध गरेकाले ७ जना जिल्ला सदस्यलाई पार्टीबाट निकाला गरिएको जनाएको छ ।
माओवादी केन्द्र रौतहटले गरिब, निमुखा सर्वसाधारण जनताको पक्षमा पार्टीले लिएको लाईन विपरित यथास्थितिवादी, प्रतिक्रियावादी, विखण्डनकारीको निहित स्वार्थको गोटी बनेको भन्दै उनीहरूलाई पार्टीबाट निस्कासन गरिएको जनाउँदै उनीहरूको पछि नलाग्न आफ्ना नेता, कार्यकता, शुभेच्छुक, शुभचिन्तक तथा सर्वसाधारण जनतामा अपिल गरेको छ ।
पार्टीबाट निस्कासित हुनेहरूमा :
१. धिरज पटेल (जिल्ला सदस्य)
२. लिला साह (जिल्ला सदस्य)
३. कन्तमुनी जयसवाल (जिल्ला सदस्य)
४. राजकुमार यादव (जिल्ला सदस्य)
५. नागेन्द्र यादव “विजय” ( जिल्ला सदस्य)
६. गुदर राय यादव (जिल्ला सदस्य)
७. महेश कुशवाहा (जिल्ला सदस्य)
प्रतिक्रिया