मतगणना सुरु, प्रारम्भिक रुझानमा देखिए ६ पार्टी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
३३ पटक हेरिएको
Shares
मतगणना सुरु, प्रारम्भिक रुझानमा देखिए ६ पार्टी

सारांश

  • प्रदेश नम्बर २ का ८ जिल्लाका अधिकांश स्थानीय तहमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको छ ।
  • सुरुवाती रुझानमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राजपा, संघीय फोरम र लोकतान्त्रिक फोरमसहित ६ वटा दलका उम्मेदवारहरु सतहमा देखापरेका छन् सोमबार निर्वाचन सम्पन्न भएका १३६ स्थानीय तहमध्ये अधिकांश तहको मतगणना मंगलबार बिहानबाट सुरु हुनेछ भने केही स्थानीय तहको सोमबार रातिदेखि मतगण्ना सुरु भएको छ ।
  • कतिपयमा भने सर्वदलीय बैठकहरु भइरहेका छन् ।

प्रदेश नम्बर २ का ८ जिल्लाका अधिकांश स्थानीय तहमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको छ । सुरुवाती रुझानमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राजपा, संघीय फोरम र लोकतान्त्रिक फोरमसहित ६ वटा दलका उम्मेदवारहरु सतहमा देखापरेका छन्

सोमबार निर्वाचन सम्पन्न भएका १३६ स्थानीय तहमध्ये अधिकांश तहको मतगणना मंगलबार बिहानबाट सुरु हुनेछ भने केही स्थानीय तहको सोमबार रातिदेखि मतगण्ना सुरु भएको छ । कतिपयमा भने सर्वदलीय बैठकहरु भइरहेका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार रातिदेखि ७० वटा स्थानीय तहको मतगण्ना सुरु भएको छ । मंगलबार बिहान थप ६० वटामा मतगणना सुरु हुने आयोगले जनाएको छ ।

राजविराज नगरपालिकामा भने ५ गतेपछिमात्रै मतगणना हुनेछ ।

मंगलबार बिहान ८ बजेसम्मको मतांकका आधारमा हेर्दा अधिकांश स्थानीय तहमा विभिन्न ६ वटा दलवीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
मंगलबार बिहानसम्म सिरहाको लाहान नगरपालिकामा नेपाली कांग्रेस, एमाले र राजपावीच प्रतिस्पर्धा देखिएको छ । लाहानको मेयर पदका लागि कांग्रेसले ३६२ मत ल्याउँदा एमालेका उम्मेदवारले ३२५ मत ल्याएका छन् । राजपाका उम्मेदवारले २९५ मत ल्याएका छन् ।

मंगलबार बिहान ८ बजेसम्म केही स्थानीय तहको प्रारम्भिक गणना यस्तो छ-

सप्तकोशी नगरपालिका, सप्तरी
माओवादी- १६५
एमाले- १४५
लोकतान्त्रिक फोरम- १८

लाहान नगरपालिका सिराहा
कांग्रेस- ३६२
एमाले-३२५
राजपा-२९५
कल्याणपुर नगरपालिका, सिरहा
कांग्रेस-१६२
राजपा-२१३
माओवादी-७६

बर्दिबास नगरपालिका, महोत्तरी
कांग्रेस- ३५०
एमाले- १८८
राजपा- १५२

मिथिला नगरपालिका, धनुषा
एमाले-३१४
कांग्रेस- २४३
संघीय फोरम- १६३

ठोरी गाउँपालिका पर्सा
एमाले-१३१
माओवादी-१३०
कांग्रेस-२७

परोहा नगरपालिका, रौतहट
कांग्रेस- ६६
माओवादी-१९
एमाले- ४

गणेशमान चारनाथ नगरपालिका, धनुषा
माओवादी-१९४
संघीय फोरम-१५८
कांग्रेस- १२०

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?