सार्वजनिक यातायातमा मास्क अनिवार्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १३, २०७७
|
|
४३ पटक हेरिएको
Shares
सार्वजनिक यातायातमा मास्क अनिवार्य

सारांश

  • कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ ।
  • पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा बृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो ।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच आज भएको छलफलमा सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो ।

कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा बृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच आज भएको छलफलमा सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो ।

सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार आजको छलफलमा सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णयसमेत भएको छ ।

सार्वजनिक यातायातमा भौतिक दूरीलाई व्यवस्थित गर्ने, बसपार्कमा साबुनपानीले हात धुने व्यवस्था मिलाउने, अनुगमनलाई प्रभावकारी बनाउनेलगायतका निर्णय भएको बताइएको छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालयले सोको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सचिव सरुवा: मन्त्रिपरिषद् निर्णय सर्वोच्चले उल्टायो
सचिव सरुवा: मन्त्रिपरिषद् निर्णय सर्वोच्चले उल्टायो
काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव
काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव
बझाङको चुनावी एजेन्डा : भारत र चीन जोड्ने ताक्लाकोट सडक
बझाङको चुनावी एजेन्डा : भारत र चीन जोड्ने ताक्लाकोट सडक
जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा
जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा
नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् : पूर्वप्रधानमन्त्री नेपाल
नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् : पूर्वप्रधानमन्त्री नेपाल
प्रेमीसँग मिलेर यसरी बनाइन् आफ्नै पतिलाई मार्ने योजना
प्रेमीसँग मिलेर यसरी बनाइन् आफ्नै पतिलाई मार्ने योजना
ऐन, नियम, कानून सच्याएर भएपनी विकास गर्नुपर्छ: महेश बस्नेत
ऐन, नियम, कानून सच्याएर भएपनी विकास गर्नुपर्छ: महेश बस्नेत
भूमिसुधारका उपसचिव एक लाख घूससहित नियन्त्रणमा
भूमिसुधारका उपसचिव एक लाख घूससहित नियन्त्रणमा
काँग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
काँग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
मधेसमा समस्या पर्दा  दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
मधेसमा समस्या पर्दा दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;