एसएसपी पिताम्बर अधिकारीले सडकमा गाडी रोकेर यस्तो गरेपछि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
एसएसपी पिताम्बर अधिकारीले सडकमा गाडी रोकेर यस्तो गरेपछि…

सारांश

  • दमक ।
  • झापाको दमकस्थित बसपार्कमा संघीय इकाई प्रहरी कार्यालय चन्द्रगढीका प्रमुख पिताम्बर अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डिराज गिरी आफैँ अघि सर्दै बस रोके ।
  • प्रहरीले यसो गरेपछि सवारी चालक छक्क मात्रै परेनन् रातो न पिरो हुँदै गाडीबाट तल झरे ।

दमक । झापाको दमकस्थित बसपार्कमा संघीय इकाई प्रहरी कार्यालय चन्द्रगढीका प्रमुख पिताम्बर अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डिराज गिरी आफैँ अघि सर्दै बस रोके । प्रहरीले यसो गरेपछि सवारी चालक छक्क मात्रै परेनन् रातो न पिरो हुँदै गाडीबाट तल झरे ।

एकाएक उनको गलामा खादा र निधारमा रातो टिका लगाएर हात मिलाउँदै एसएसपी अधिकारीले सम्मान गरेपछि सवारी चालकहरु अचम्ममा परे । सधैँ गाडी रोक्न लगाएर लाइसेन्स, मापसे र गाडीको कागजपत्र खोज्ने प्रहरीले सम्मान गरेपछि अचम्मित त पर्ने नै भए ।

दमक जेसिजको संयोजन र इलाका ट्राफिक प्रहरी कार्याललय दमकको आयोजनामा दूर्घटना न्यूनिकरण महाअभियान अन्र्तगत सवारी चालक सम्मान कार्यक्रमको सोमबार विहानको दृश्य हो यो ।

एसएसपी अधिकारीले दूर्घटना न्यूनिकरणका लागि सकारत्मक सन्देश दिन र सवारी चालकलाई जिम्मेवारबोध गराउन यो कार्यक्रम अत्यन्त प्रभावकारी लागेको बताउँदै यो देशभर गर्नुपर्ने बताए ।

सवारी चालकहरुलाई पनि अधिकारी आफैँले दूर्घटनाको कारण नबन्नका लागि सुझाव दिए । यात्रुहरुलाई सकुशल रुपमा गन्तव्यमा पुर्याउन भूमिका खेल्ने चालकले आफ्नो कर्तव्य र दायित्व भूल्नु नहुने भन्दै सुझाव दिए ।

त्यसलाइ प्रष्ट्याउँदै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डिराज गिरीले असोज १ गतेदेखि प्रदेश नं. १ हर्न निषेधित क्षेत्र बनेको भन्दै यसको पालना गर्नका लागि पनि अनुरोध गरे ।

त्यसभन्दा अगाडि भएको औपचारिक कार्यक्रममा एसएसपी अधिकारी, प्रहरी निरिक्षक ढुण्डिराज गिरीलगायतले दूर्घटना न्यूनिकरणका लागि नागरिकहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।

दमक जेसिजका अध्यक्ष गोबिन्दराज कट्टेलले आफूहरु नै आयोजक बसेर महाअभियानलाई सफल बनाउन लागेको बताए । उनले यो सबैको दायित्व भएकाले आफूहरुले पनि दायित्व सम्झेको जनाए । कार्यक्रम दमक जेसिजका महासचिव चन्द्र खत्रीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?