कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा,कुन दलको अग्रता कति ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा,कुन दलको अग्रता कति ?

सारांश

  • प्रदेश नम्बर दुईको स्थानीय चुनावको मतगणना जारी छ ।
  • हामीलाई प्राप्त वटा स्थानीय तहको मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता लिइरहे पनि एमालेसँग उसको दुरी धेरै टाढा छैन ।
  • धेसको चुनावमा नेपाली कांग्रेसले अन्य दलहरुलाई धेरै टाढा छाड्ने दाबी गरिए पनि मुख्य चारवटा दलहरुवीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

प्रदेश नम्बर दुईको स्थानीय चुनावको मतगणना जारी छ । हामीलाई प्राप्त वटा स्थानीय तहको मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता लिइरहे पनि एमालेसँग उसको दुरी धेरै टाढा छैन ।

धेसको चुनावमा नेपाली कांग्रेसले अन्य दलहरुलाई धेरै टाढा छाड्ने दाबी गरिए पनि मुख्य चारवटा दलहरुवीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यीमध्ये पनि एमाले र कांग्रेसवीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

अहिलेसम्म हामीलाई प्राप्त विवरण अनुसार नेपाली कांग्रेसले १५ स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एमालेले १४ स्थानमा अग्रता लिएको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले ११ स्थानमा अग्रता लिएको छ भने माओवादीले १० स्थानमा अग्रता लिइरहेको छ ।

राजपाले अहिलेसम्म ४ स्थानमा अग्रता लिइरहेको छ भने फोरम लोकतान्त्रिकले एक र स्वतन्त्रले एक स्थानमा अग्रता लिएका छन् ।

कांग्रेसकोे कहाँ अग्रता ?

नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तहहरुमा सर्लाहीका कौडेना, चक्रघट्टा र धनकौल गाउँपालिका छन् ।

त्यसैगरी सर्लाहीको हरिपूर्वा नगरपालिकामा पनि कांग्रेसको अग्रता छ ।

बाराको कलैया उपमहानगरका साथै निजगढ र महागढीमाई नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

सिम्रौनगढमा पनि फोरमलाई कांग्रेसले उछिनेर अग्रता लिएको खबर छ ।

रौतहटको परोहा र गढीमाई नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

ईश्वरनाथ नगरपालिकामा पनि कांग्रेस अगाडि छ ।

सप्तरीको बेल्ही चपेना गाउँपालिका र खड्ग नगरपालिकामा कांग्रेसको अग्रता छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा कांग्रेसका अग्रता छ ।

पर्साको कालिका गाउँपालिकामा कांग्रेस अगाडि छ ।

एमालेको अग्रता कहाँ ?

बाराको जितपुर सिमरा र कलैया दुबै उपमहानगरपालिमा एमालेको अग्रता देखिएको छ ।

पर्सा जिल्लाको पर्सागढी, सखुवा प्रसौनी र पटेर्वा सुगौलीमा एमालेले अग्रता लिइरहेको छ ।

सिरहाको लाहान, नरहरा र विष्णुपुरमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

त्यसैगरी सप्तरीको सप्तकोशी नगरपालिकामा पनि एमालेले अग्रता लिइरहेको छ ।

रौतहटको गौर र गरुडा नगरपालिकाका साथै यमुनामाई नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।

धनुषाको मिथिला नगरपालिकामा एमालेको सुरुवाती अग्रता छ ।

सर्लाहीको ईश्वरपुर र हरिवन नगरपालिकामा एमालेको अग्रता छ ।

माओवादीको अग्रता

माओवादी केन्द्रले पनि उल्लेख्य स्थानमा अग्रता लिइरहेको छ । हालसम्म १२ स्थानमा उसले अग्रता लिएको छ । धेरैवटा स्थानीय तहमा माओवादी दोस्रो स्थानमा छ ।

सिरहाको मिर्चैया, अर्नमा, गोलबजार र धनगढीमा समेत गरी ४ स्थानमा माओवादीको अग्रता देखिएको छ ।

त्यस्तै रौतहटको चन्द्रपुर, फतुवा विजयपुर र वौद्धीमाईमा माओवादीको अग्रता छ ।

महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम नगरपालिकामा माओवादीले अग्रता लिएको छ । धनुषाको सबैला नगरपालिकामा पनि माओवादीको अग्रता छ ।

पर्साको ठोरीमा पनि माओवादीले सुरुवाती अग्रता लिएको छ ।

संघीय फोरमको अग्रता कहाँ ?

मधेसकेन्द्रित दलहरुमध्ये संघीय समाजवादी फोरमले राजपाको भन्दा राम्रो परिणाम ल्याइरहेको छ । उपेन्द्र याउदव नेतृत्वको फोरम अहिलेसम्म स्थानमा अगाडि छ ।

फोरमले पर्साको धोबनी, धनुषाको हंसपुर र रौतहटको गुजरा, लगायतका स्थानीय तहहरुमा अग्रता लिइरहेको छ ।

त्यसैगरी संघीय फोरमले रौतहटको देवाही गोनाही र माधवनारायण नगरपालिकामा पनि अग्रता लिएको छ ।

सर्लाहीको बरथहवा नगरपालिका र विष्णु गाउँपालिकामा फोरमको अग्रता छ ।

राजपाको अग्रता कहाँ कहाँ

राजपाले संघीय फोरमको भन्दा थोरै स्थानमा अग्रता लिएको छ । सर्लाहीको ब्रह्मापुरी गाउँपालिका, रौतहटको गुजरा, सप्तारीको तिलाठी र बाराको पचौरासमेत गरी ४ स्थानमा राजपाको अग्रता छ ।

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले पर्साको जिराभवानी गाउँपालिकामा मात्रै अहिलेसम्म अग्रता लिएको छ । सप्तरीको विष्णुपुर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादवले अग्रता लिएका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Kumar Karki

    Nepli Congress

    Comment Author

    Roy Pramod

    Amale party

    Comment Author

    Ratna Tamang

    माओवादी केन्द्र जिन्दावाद

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?