नाट्य रूपान्तरणमा ‘शून्य डिग्री’ सार्वजनिक
सारांश
- माघ १ गते सर्वनाममा प्रोल्लास सिन्धुलीयाको ‘शून्य डिग्री’ उपन्यासको एक अंश नाट्य रूपान्तरण गरी प्रस्तुत गरेर पुस्तक सार्वजनिक भयो।
- ‘शून्य डिग्री’को बिमोचन वरिष्ठ नियात्राकार प्रा.
- डा.
माघ १ गते सर्वनाममा प्रोल्लास सिन्धुलीयाको ‘शून्य डिग्री’ उपन्यासको एक अंश नाट्य रूपान्तरण गरी प्रस्तुत गरेर पुस्तक सार्वजनिक भयो।

‘शून्य डिग्री’को बिमोचन वरिष्ठ नियात्राकार प्रा.डा. निर्मोही व्यास, कवि एवम् प्राज्ञ वियोगी बुढाथोकी, कथाकार प्रकाश बस्नेत गफाडी, मित्र मणि शर्मा र मित्र मोहनकुमार श्रेष्ठले गर्नुभएको थियो भने नाटकको अनि कार्यक्रमको निर्देशन पुरु लम्सालगर्नु भएको थियो |

उक्त नाटकका कलाकारहरूः नितान्त दाहाल मल्ल, मीना पूर्णिमा खड्का, सुजन पौडेल, सुजिता अधिकारी र सुदर्शन अर्याल थिए। कवी तथा उपन्यासकार सिन्धुलीया भन्नुहुन्छ -” जसको हातमा कुनै दिन मैले यो पुस्तकको पाण्डुलिपि थमाएको थिएँ, आज उहाँहरूमध्येका पाँच जनाको हातबाट मेरो पुस्तक सार्वजनिक भयो |”
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया