हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
१४ पटक हेरिएको
Shares
हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने

सारांश

  • काठमाडौं ।
  • स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (IPPAN) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा.
  • लि.

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (IPPAN) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा.लि.ले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आयोजना गर्ने भएका छन् ।

नेपाल सरकार, राष्ट्रिय योजना आयोगले यस हिमालयन हाइड्रो एक्स्पो २०१८ लाई संरक्षकत्व प्रदान गर्नुका साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसनस, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सको सक्रिय सहयोग रहेको छ ।

साथै नेपाल टनेलिङ एशोसिएशन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संघको पनि सहयोग रहेको छ । यस एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्न लागेको हो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाँइले एक्सपोमा टनेल खन्ने उपकरण सहित पछिल्ला टेक्नोलोजीको बारेमा जानकारी दिइने बताए । एक्स्पोमा बिदेशी स्टलका लागि पत्राचार भइरहेको र धेरै भन्दा धेरै बिदेशीहरु सहभागी हुनेमा आफू बिस्वस्त रहेको बताए ।

एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक बिजय सागर प्रधानले चीन भन्दा १ बर्ष पहिला हाइड्रो पावर सुरु गरेको नेपालले सय बर्षमा १ हजार मेगावाट बिधुत उत्पादन गर्न नसकेको तर चीनले एउटै योजना २२ हजार ५ सय मेगावाटको बनाएको प्रसंग उल्लेख गर्दै नेपालले पनि आधुनि प्रबिधीलाइ आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने बताए ।

स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष कुमार पाण्डेले बिदेशमा प्रयोगमा आइसकेको नयाँ प्रबिधीबाट बिधुत उत्पादन गरेमात्र सस्तो हुने बताए ।

पत्रकार सम्मेलनमा हाइड्रोपावर डेभलपर्स, उत्पादक, हाइड्रपावरका एक्सपर्ट र एक्सपो आयोजकको उपस्थिती रहेको थियो ।

आगामी पौष २१ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन हुने हिमालयन हाइड्रो एक्स्पो २०१८ मा ३ सयभन्दा बढी स्टल रहनेछन् । जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ । ती स्टलमध्ये १ सय ५० भन्दा बढी विदेशी स्टल रहनेछन् ।

जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने विश्वास गरिएको छ । हालै नेपाल सरकारले घोषणा गरेको ७ बर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई पनि यो एक्स्पोले साथ दिने विश्वास आयोजकले गरेकोछ ।

साथै एक्स्पोमा इन्जिनियरिङ वेस भएका विद्यार्थिका वीचमा विभिन्न प्रतिस्पर्धा पनि गरिनुका साथै हाइड्रोपावरका विषयमा विभिन्न जानकारी दिने स्टल पनि राखिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता
‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता
निराजनको नयाँ गीत “एक्लो छु आज म ”
माधव नेपालकाे उदाहरण दिंदै यसरि हप्काए देउवाले कार्यकर्तालाइ
माधव नेपालकाे उदाहरण दिंदै यसरि हप्काए देउवाले कार्यकर्तालाइ
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
आज विजया दशमी: टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा
आज विजया दशमी: टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा
रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो
रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो
नेकपाको तल्ला कमिटी एकीकरणमा यस्तो छ मापदण्ड
नेकपाको तल्ला कमिटी एकीकरणमा यस्तो छ मापदण्ड
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
गाउँपालिकाको सेवा लिन तीन दिन

तपाईंले छुटाउनुभयो कि?