मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
३० पटक हेरिएको
Shares
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?

सारांश

  • नेपाली कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर आसन्न प्रदेशसभा चुनावमा जाने बहस सुरु भएको छ ।
  • युवा नेताहरुले आफूलाई प्रदेश मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।
  • प्रमुख विपक्षी एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र योगेश भट्टराईसहितका नेतालाई सात प्रदेशमा मुख्यमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ ।

नेपाली कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर आसन्न प्रदेशसभा चुनावमा जाने बहस सुरु भएको छ । युवा नेताहरुले आफूलाई प्रदेश मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।

प्रमुख विपक्षी एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र योगेश भट्टराईसहितका नेतालाई सात प्रदेशमा मुख्यमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ ।

यससँगै कांग्रेसमा पनि मुख्यमन्त्रीको उम्मेदवारका नाममा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि औपचारिक रुपमा भने कसैले पनि मुख खोलेका छैनन् ।

स्रोतका अनुसार युवा नेता गगन थापाले प्रदेश ३ को मुख्यमन्त्रीको उम्मेदवार दाबी गरेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचित सांसद हुन् । तर, मुख्यमन्त्रीको उम्मेदवार हुने शर्तमा उनी प्रदेशसभामा जान तयार भएका छन् ।

स्रोतका अनुसार उनले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनाव जानुपर्ने र आफू ३ नम्बर प्रदेशको दाबेदार भएको सन्देश पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुर्‍याएका छन् ।

स्थानीय चुनावको मतलाई हेर्दा प्रदेश ३ मा कांग्रेसले एमालेले भन्दा एक लाख कम भोट पाएको छ । तर, संविधानसभामा कांग्रेस नै पहिलो पार्टी रहेको र मेहनत गर्ने हो भने प्रदेश ३ मा फेरि पहिलो पार्टी हुनसक्ने गगनको विश्लेषण छ ।

प्रदेश १ मा विश्वप्रकाश शर्मालाई मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ । अघिल्लो संविधानसभामा उनी पराजित भएका थिए । तर, १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका उनी प्रदेश १ का चर्चित युवा अनुहार हुन् ।

प्रदेश २ मा स्थानीय तहको चुनाव भइरहेकाले मुख्यमन्त्रीको दाबेदारबारे खासै छलफल भएको छैन । तर, केन्द्रीय सदस्य आनन्द ढुंगाना, फर्मुल्लाह मन्सुर, महेन्द्र यादव लगायतका नेताहरुलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।

प्रदेश ४ मा धनराज गुरुङ, शंकर भण्डारी, ध्रुव वाग्ले लगायतको युवा नेताहरुको नाम चर्चामा छ । स्थानीय तहको मत परिणामलाई हेर्दा प्रदेश ४ कांग्रेसका लागि अनुकुल प्रदेश हो ।

प्रदेश ५ का लागि कांग्रेसमा मुख्यमन्त्रीको उम्मेदवारका मुख्य दावेदार बालकृष्ण खाँड हुन् । यहाँ पनि प्रदेश २ मा जस्तै त्रिशंकुस प्रदेश सभा बन्ने सम्भावना बढी देखिन्छ । रुपन्देही ३ बाट प्रत्यक्ष निर्वाचित सांसद खाँड मुख्यमन्त्रीको उम्मेदवार हुने गरी प्रदेशमा जान तयार देखिएका छन् । स्रोतका अनुसार पूर्वमन्त्री समेत रहेका खाँडले अनौपचारिक छलफल समेत थालेका छन् ।

प्रदेश ६ मा जीवनबहादुर शाही मुख्यमन्त्रीका दाबेदार हुन् । तर, सुर्खेतका हृदयराम थानीलाई पनि सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । स्थानीय तहको चुनावमा यो प्रदेशमा कांग्रेस, एमाले र माओवादीले झण्डै बराबर स्थानीय तह जितेका छन् ।

प्रदेश ७ मा रमेश लेखक सम्भावित उम्मेदवार हुन् । उनी मुख्यमन्त्रीको उम्मेदवार बन्न तयार हुँदा पार्टीभित्र सर्वसम्मत हुनेछन् । तर, केन्द्रीय राजनीतिमा स्थापित भइसकेका उनी प्रदेशमा जाने नजाने निश्चित छैन । उनको विकल्प रुपमा भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायर हुन सक्ने कांग्रेसका एक नेताले बताए ।

यो प्रदेश कांग्रेस बलियो भएको प्रदेश मानिन्छ । तर, स्थानीय तहको चुनावमा एमालेले भने केही धेरै  मत् पाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रिन्टर मेसिन बिग्रिदा यात्रु ठगीँदै
प्रिन्टर मेसिन बिग्रिदा यात्रु ठगीँदै
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
परराष्ट्रमन्त्री ज्ञवालीले गरे अस्मितालाई एसइईसम्म पढाउने घोषणा
परराष्ट्रमन्त्री ज्ञवालीले गरे अस्मितालाई एसइईसम्म पढाउने घोषणा
८ बर्ष पछी फेरी एकै चलचित्रमा रेखा र आर्यन, रुद्रप्रियाको पहिलो गीत सार्बजनिक ( भिडियो सहित )
८ बर्ष पछी फेरी एकै चलचित्रमा रेखा र आर्यन, रुद्रप्रियाको पहिलो गीत सार्बजनिक ( भिडियो सहित )
मेलमिलाप र भ्रातृत्वका लागि खेलकुद : सभामुख महरा
मेलमिलाप र भ्रातृत्वका लागि खेलकुद : सभामुख महरा
आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री ओली
आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री ओली
नेकपा केन्द्रीय कमिटी विस्तारः प्रवक्तामा ज्ञवाली
नेकपा केन्द्रीय कमिटी विस्तारः प्रवक्तामा ज्ञवाली
चौतर्फी दबाबपछि सरकारले सुरु गर्यो विषादी परिक्षण
चौतर्फी दबाबपछि सरकारले सुरु गर्यो विषादी परिक्षण
नेशनल एफ एममा तिज गीत प्रतियोगिता तयारी अन्तिम चरणमा
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत

तपाईंले छुटाउनुभयो कि?