बिरगंज महानगरमा राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा फेरि लियो काँग्रेशले अग्रता ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
५३ पटक हेरिएको
Shares
बिरगंज महानगरमा  राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा फेरि लियो काँग्रेशले अग्रता ।

सारांश

  • प्रदेश नं.
  • २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पुनः नेपाली कांग्रेसले अग्रता लिएको छ ।
  • सुरूदिख नै राजपा र कांग्रेसबीच प्रतिस्पर्धा रहेकको वीरगञ्जको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता लिएको हो ।

प्रदेश नं. २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पुनः नेपाली कांग्रेसले अग्रता लिएको छ ।

सुरूदिख नै राजपा र कांग्रेसबीच प्रतिस्पर्धा रहेकको वीरगञ्जको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता लिएको हो । यस अघि राजपाले अग्रता लिएको थियो भने कांग्रेसले पछ्याइरहेको थियो ।

कांग्रेसका मेयर उम्मेदवार अजयकुमार दिवेदीले २३८६ मत ल्याएका छन् भने उपमेयरले शान्ति कार्कीले २२१७ मत पाएकी छन् ।

राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले २२८६ मत ल्याएका छन् भने उपमेयर रम्भा मिश्राको २२१७ मत छ ।

फोरम लोकतान्त्रिकका मेयर उम्मेदवार विमलप्रसाद श्रिवास्तवले १५२९ र उपमेयर रिंकु यादवले १५२५ मत पाएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?