सुरुङभित्र १७ कामदार थुनिए, उद्धार कार्य जारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
सुरुङभित्र १७ कामदार थुनिए, उद्धार कार्य जारी

सारांश

  • रुसुवा ।
  • उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन्।
  • जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिएर अलपत्र परेका हुन् ।

रुसुवा । उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन्। जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिएर अलपत्र परेका हुन् । कामको सिलसिलामा सुरुङभित्र ११ नेपाली र छ चिनियाँ नागरिक भएको र उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जुटिरहेको प्रहरी प्रमुख ढकालले जानकारी दिए। सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा घटनास्थल रहेको र सुरुङभित्रका कामदार सुरक्षित रहेको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको नेतृत्वमा उद्धार कार्य तीव्ररुपमा भइरहेको छ। घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुस्
शुक्रबार सन्तोषी माताको व्रत बस्नुको कारण र व्रत बस्ने विधि यस्तो छ
हिन्दु धार्मिक मान्यता अनुसार बार नै पिच्छे फरक फरक देवी देवताको पुजा गरी व्रत बसिन्छ । ती सबै व्रतका विधि र मान्यताहरु पनि फरक फरक हुन्छन् । त्यसैगरी शुक्रबारको दिन माता सन्तोषी माताको पूजापाठ गरी विधिवत रुपमा व्रत बस्ने चलन रहिआएको छ । खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् । माताको व्रत भौतिक सुख प्राप्तिको लागि बस्ने गरिन्छ । सन्तोषी माता भगवान गणेशकी पुत्री हुन् भने माताको नाम रिद्धि–सिद्धि हो । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

सुख–सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बस्ने गरिन्छ । सन्तोषी माता लक्ष्मीको अवतार हुन् ।

यस्ता छन् सन्तोषी माताको व्रत र पूजा विधिः

सन्तोषी माताको ब्रतको लागी बिहान सुर्योदय अगाडी नै उठेर घर सरसफाई गर्दै,घरमा गंगाजल छर्केर शुद्ध पार्नपर्छ । पूजाको लागी आवश्यक सामग्रीहरुमा एक कलश,पानको पात,फुल,आरतीको लागी कपूर,अगरबत्ती, केरा, सन्तोषी माताको फोटो या मुर्ति, ब्रत कथा पुस्तक।

शुक्रबार बिहान स्नान गरेर मन्दिर या घरमै पूजा गर्न सकिन्छ । पूजाको लागी फुलले सजाएको कलश,प्रसाद हुनु आवश्यक छ भने घिउको दियो बाल्नुपर्छ।पूजा गरिसकेपछि माताको कथा आरम्भ गर्ने,र भजन गाउने।

नियमित रुपले सोर्ह शुक्रबार सम्म ब्रत बसिसकेपछि अन्तिम शुक्रबार विधिबिधान अनुसार देवी सन्तोषीको पूजा गर्ने र पुरी र केराको प्रसाद दान गर्ने। साथैं आठ कन्याहरुलाई खिरको प्रसाद खुवाउने ।

सन्तोषी माताको ब्रत बस्दा ध्यान दिनपर्ने सबैभन्दा मुख्य कुरा ब्रतको दिन अमिलो छुन र खानु हुँदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य एक लाख नाघ्यो एक लाख एक हजार चारसयमा  कारोवार
सुनको मूल्य एक लाख नाघ्यो एक लाख एक हजार चारसयमा कारोवार
सरकारको एक वर्ष : रासायनिक मल सर्वसुलभ
सरकारको एक वर्ष : रासायनिक मल सर्वसुलभ
वर्षा भएपछि किसान उत्साहित
वर्षा भएपछि किसान उत्साहित
एनसेलबाट कर असुल गराउन सर्वोच्च अदालतको आदेश
एनसेलबाट कर असुल गराउन सर्वोच्च अदालतको आदेश
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
अनलाइन व्यवसाय सञ्चालनमा रोक नलगाउन आग्रह
अनलाइन व्यवसाय सञ्चालनमा रोक नलगाउन आग्रह
नौ वटा स्थानीय तहद्वारा डेढ वर्षमा गाडी खरिदमा झण्डै ११ करोड खर्च
नौ वटा स्थानीय तहद्वारा डेढ वर्षमा गाडी खरिदमा झण्डै ११ करोड खर्च
अधिवक्ता न्यौपानेद्धारा माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर
अधिवक्ता न्यौपानेद्धारा माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर
माधव नेपाल होइन केपी ओलीलाई सफल बनाउने अभियानमा छु : खनाल
माधव नेपाल होइन केपी ओलीलाई सफल बनाउने अभियानमा छु : खनाल
सीमा विवाद समाधानका लागि प्रधानमन्त्री तहबाट वार्ता थाल्न सुझाव
सीमा विवाद समाधानका लागि प्रधानमन्त्री तहबाट वार्ता थाल्न सुझाव

तपाईंले छुटाउनुभयो कि?