भक्तपुरमा आजदेखि सवारी लाइसेन्स वितरण सेवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २, २०७३
|
|
२७२ पटक हेरिएको
Shares
भक्तपुरमा आजदेखि सवारी लाइसेन्स वितरण सेवा

सारांश

  • यातायात ब्यवस्था विभागले आइतबारदेखि भक्तपुरको जगातीबाट पनि लाइसेन्स वितरणको काम थाल्दैछ ।
  • लामो समय तयारी गरेरहेको विभागले आइतबारदेखि स्वयम्भुको ठूलोभर्‍याङपछि जगातीस्थित नयाँ कार्यालयबा पनि सेवा सुरु गर्न लागेको हो ।
  • कार्यालय खुलेपछि अहिले यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा लाग्ने भीड घट्ने दावी अधिकारीहरुको छ ।

यातायात ब्यवस्था विभागले आइतबारदेखि भक्तपुरको जगातीबाट पनि लाइसेन्स वितरणको काम थाल्दैछ । लामो समय तयारी गरेरहेको विभागले आइतबारदेखि स्वयम्भुको ठूलोभर्‍याङपछि जगातीस्थित नयाँ कार्यालयबा पनि सेवा सुरु गर्न लागेको हो ।
कार्यालय खुलेपछि अहिले यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा लाग्ने भीड घट्ने दावी अधिकारीहरुको छ । आफू मातहतको ट्रायल सेन्टर नभएकाले सुरुवातमा यो कार्यालयले लाइसेन्स नवीकरणको काम गर्नेछ । यस्तै लाइसेन्सका लागि अनलाइनमार्फत अावेदन पनि कार्यालयले बुझ्नेछ ।

तर, ट्रायल सेन्टरबिना नै खोलिएका कार्यालय प्रभावकारी नहुने विभागकै अधिकारी बताउँछन् । विभागले केही साताअघि मात्रै लाइसेन्सका लागि अनलाइन आवेदन खुला गरेको छ ।

अब काठमाडौंको चाबहिलमा पनि लाइसेन्स वितरण गर्ने कार्यालय खुल्नेछ । जगातीस्थित कार्यालयको भने आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?