रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते

सारांश

  • रामेछाप ।
  • रामेछापको बितिटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
  • १८ जना घाइते भएका छन् ।

रामेछाप । रामेछापको बितिटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । २ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजादैं गर्दा बाटोमा मृत्यु भएको हाम्रा सहकर्मीले जनाएका छन् ।

दुर्घटनामा रामेछाप नगरपालिका ८ का दिपक श्रेष्ठ, रामेछाप नगरपालिका ६ की उमा खड्का र बालकुमारी बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

रामेछाप नगरपालिकाको च्यास्कुबाट काठमाण्डौं तर्फ आउँदै गरेको हिमाल–तराई यातायात समितिको यात्रुबाहक बस वितिटारको मोडबाट झण्डै ३० मिटर तल खसेको थियो । तिव्र गतिका कारण बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?