विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !

सारांश

  • युएई-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर दलालले भिजिट भिषामा ल्याएका २२ जना नेपाली अजमानमा अलपत्र परेका छन्।
  • दलाललाई प्रतिव्यक्ति २ लाख देखी ५ लाख रुपैयाँ बुझाएर आएका उनीहरु दुई महिना देखी युएईको अजमानमा अलपत्र परेका हुन ।
  • काठमाडौंको धुम बाराही स्थित पानडोरा ईनकर्पोरेसन प्रालिका एक्जुकेटिभ डाईरेक्टर केशव थापा, रमेश कुँवर र दिनेश लामा मोक्ताङले प्रलोभनमा पारी युएई ल्याएको पीडितहरुको आरोप छ।

युएई-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर दलालले भिजिट भिषामा ल्याएका २२ जना नेपाली अजमानमा अलपत्र परेका छन्। दलाललाई प्रतिव्यक्ति २ लाख देखी ५ लाख रुपैयाँ बुझाएर आएका उनीहरु दुई महिना देखी युएईको अजमानमा अलपत्र परेका हुन ।

काठमाडौंको धुम बाराही स्थित पानडोरा ईनकर्पोरेसन प्रालिका एक्जुकेटिभ डाईरेक्टर केशव थापा, रमेश कुँवर र दिनेश लामा मोक्ताङले प्रलोभनमा पारी युएई ल्याएको पीडितहरुको आरोप छ। युएईमा सेक्युरिटी गार्ड, फिस प्याकिंग, सेल्स म्यान, क्लिनर, लगाएत अन्य काम लगाइदिन्छु, न्युनतम २-३ हजार  युएई दिराम हुन्छ भनेर विश्वास दिलाएपछि आफूहरु आएको उनीहरुको भनाइ छ।

दशैको बेला खल्तीको पैसा सकिएर भोकै साँघुरो कोठामा दलालले २२ जना नेपालीहरु सुत्न बाध्य परेका छन् भन्ने थाहा पाए पछि शुक्रबार नेपाली दूतावास युएईको श्रमसहचारी हिरा यादवसंगै आदीवासी जनजाति महासंघ युएईका अध्यक्ष पासांङ्ग सेर्पा, नेपाल पत्रकार महासंघका अध्यक्ष भुपराज बस्याल, एनआरएन युएईका केन्द्रिय सदस्य दिनेश पराजुली र समाजसेवी सालिक सुवेदी सहितको टोली पीडिततहरुको उद्दारका लागि अजमान पुगेको थियो ।

अलपत्र पर्नेहरु सिन्धुपाल्चोकका फन्जो तमाङ, काभ्रेका नरेश तामाङ, बाग्लुङका राजु थापा, इन्द्र थापा, गोर्खाका उज्वल घले, विपिन कुवर, चन्द्र बहादुर गुरुङ, तनहुका ज्ञान बहादुर तामाङ, हेटौडाका भिम बहादुर बोमजन, सिमोन बोमजन, सुन्दर तामाङ,सुनिल राउत, दिपेन्द्र सम्देन, प्रकाश मोक्ताङ, सुकुराम थिन, नवराज लो, सल्यानका कमल बुढाथोकी, बाकेका तुलसी प्रसाद शर्मा, नवलपरासीका कृष्ण भुजेल, मोरङका विष्णु कुमार खवास, धादिङका उत्तम तामाङ, राजु तामाङ र रुकुमका बाल कृष्ण ओली रहेका छन।

‘राम्रो काम पाइन्छ महिनाको २-३ हजार दिराम कमाइ हुन्छ भनेर ल्याएका थिए’, गोर्खाका विपिन कुँवरले भने, ‘काम गरेर राम्रो आम्दानी गर्ने सपना सपनै रह्यो । ३९ डिग्री तापक्रमको गर्मीमा भोकै साघुरो बन्द कोठा भित्र सुत्नु परेको छ।’

रमेश कुँवर युएईका लागि मुख्य दलाल हुन। उनले फोनबाटै अध्यागमनमा सेटिङ समेत मिलाउने गर्छन।  विपिनले रमेश कुँवरलाई  ४ लाख ७५ हजार रुपैयाँ दिएको बताए।
विपिनको भिषा सकिएको ४० दिन भन्दा धेरै भैसकेको छ । युएईको कानुनमा भिजिटमा आएर ओभर स्टे  बस्न पाईदैन । कानुनी प्रकृयामा नेपाल फर्कंदा उनले कि त त्यही अनुसार मोटो रकम फाईन तिर्नु पर्छ यदी फाईन तिर्न नसके लाईफ टाईम युएई आउन नपाउने गरी बेन्ड भएर नेपाल फर्कनु पर्छ।

भिजिट भिषामा जानेहरुले विमानस्थल अध्यामनगलाई १ हजार डलर अनिवार्य देखाउनु पर्छ। त्यो डलर सटहीको वैधानिक स्रोत समेत देखाउनुपर्छ। अलपत्र परेकाहरुले अध्यामगन कर्मचारी र प्रहरीसंग दलालले सेटिङ मिलाएकाले आफूहरु १ हजार डलर नबोकी आएको बताए।

‘हामीसँग १ हजार डलर थिएन। अध्यागमनबाटै फोन गरेर सबै कुरा मिल्दो रहेछ, चन्द्र बहादुर गुरुङले नागरिकन्युजसँग भने, ‘साथमा पैसा नहुँदा महान चाड दशैको बेला कहिले एक छाक खाएर त कहिले भोकै बसेर दिन काट्नु परेको छ।’
दुबईलाई ट्रान्जिट बनाएर दलालहरुले नेपाल सरकारले प्रतिबन्ध लगाएका अफगानिस्तान, इराक, सिरिया, लिबिया समेत पठाउने गरेका छन्। अवैध रुपमा युरोपका मुलुकहरुमा समेत पठाउने गरेका छन्। ती मुलुकमा पठाउँदा दलालहरुले प्रतिव्यक्ति ५ देखि १० लाख रुपैयाँभन्दा बढी लिने गर्छन्।

सरकारले प्रतिबन्ध लगाएको देश इराक जान भनि हेटौंडाका प्रकाश मोक्ताङले आफ्नै दाई पर्ने एजेन्ट दिनेश लामा मोक्ताङलाई ४ लाख बुझाएका हुन। ‘आफ्नै दाई पर्ने चिनेको मान्छे, इराक पठाउँछु राम्रो कमाई हुन्छ भन्ने विश्वास दिलायो त्यसैले ऋण खोजेर ४ लाख दिए’, प्रकाशले नागरिक नेयुजसंग भने ‘तर आफन्त बाटै घात हुँदो रहेछ।’

सरकारी नियकाका जिम्मेवार व्यक्ति नै मानव तस्करका मुख्य संरक्षक भएको पीतिको बुझाइ छ। ‘दलालहरुले अध्यागमन र प्रहरीलाई पैसा दिएर मिलाइसकेका हुन्छन्। औपचारिकताका लागि मात्र सोधीखोजी गर्ने हुन्छ’, उनीहरु भन्छन्, ‘त्यहाँका कर्मचारीलाई हामी भिजिटमा काम खोज्न जान लागेको हो भन्ने थाहा छ तर फोन गरे पछि राम्रोसंग जानु भन्दै पासपोर्ट दिने गर्छन। दलालमार्फत् भिजिट भिषामा आउने र अलपत्र भएका घटना पछिल्लो समय युएईमा बाक्लै हुन थालेका छन्। दूतावाससंग गएको टोलीले पीडितहरुलाई घर फिर्ता गर्न एक हप्ताको भद्र सहमति गरेको छ।

नगरिक दैनिक बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनिया राजदुतका कारण तनावमा प्रचण्ड !
चिनिया राजदुतका कारण तनावमा प्रचण्ड !
गुप्तचरका कारण नेकपाको राजनीतिमा तरंग
गुप्तचरका कारण नेकपाको राजनीतिमा तरंग
नेपालमा सैनिक अखडा राखेर भारत र चीनमाथि हमलाको योजना
नेपालमा सैनिक अखडा राखेर भारत र चीनमाथि हमलाको योजना
भरतपूर प्रकरणः सर्वोच्चमा आज सरकारी वकिलले बहस गर्ने
भरतपूर प्रकरणः सर्वोच्चमा आज सरकारी वकिलले बहस गर्ने
अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?
अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
लहानमा ८ महिने बालिका बलात्कृत
लहानमा ८ महिने बालिका बलात्कृत
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
सार्वजनिक ठाउँमा यौनाङ्ग देखाएमा, यौन क्रियाकलाप गरेमा १ वर्ष जेल
सार्वजनिक ठाउँमा यौनाङ्ग देखाएमा, यौन क्रियाकलाप गरेमा १ वर्ष जेल

तपाईंले छुटाउनुभयो कि?