नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १७, २०७४
|
|
४७ पटक हेरिएको
Shares
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,

सारांश

  • नेकपा माओवादी केन्द्रले एमाले लगायतका दलसँग चुनावी तालमेलबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वार्ता समिति गठन गरेको छ ।
  • सोमबार झण्डै ६ घण्टासम्म बसेको माओवादी सचिवालय बैठकले आसन्न प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा तालमेलबारे छलफल गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेको उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
  • रवक्ता भुसालले  भनिन्, ‘चुनावमा एमालेसँग तालमेल गरेर जाने निर्णय भएको छ ।

नेकपा माओवादी केन्द्रले एमाले लगायतका दलसँग चुनावी तालमेलबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वार्ता समिति गठन गरेको छ ।

सोमबार झण्डै ६ घण्टासम्म बसेको माओवादी सचिवालय बैठकले आसन्न प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा तालमेलबारे छलफल गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेको उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

रवक्ता भुसालले  भनिन्, ‘चुनावमा एमालेसँग तालमेल गरेर जाने निर्णय भएको छ । त्यसका लागि कहाँ, कसरी तालमेल गर्ने भन्ने विषयमा सबै निर्णय गर्ने जिम्मा अध्यक्ष नेतृत्वको समितिलार्इ दिइएको छ ।’

सो समितिलाई मुलुकको आवश्यकतालाई हेरी तालमेल वा पार्टी एकतासम्मको निर्णय लिनसक्ने गरी जिम्मेवारी दिइएको बताइएको छ ।

नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय गरेको हो ।

तालमेलका लागि बिगत केही दिनदेखि एमाले र माओवादी नेताहरुवीच अनौपचारिक छलफल भइरहेको बताइएको छ । ती छलफललाई सार्थक बनाउन मंगलबार प्रचण्ड नेतृत्वको समिति र एमाले नेताहरुवीच छलफलको तयारी भइरहेको माओवादी नेताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए
रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए
एमालेसँग पार्टी एकता गर्न सकिने: वर्षमान पुन
एमालेसँग पार्टी एकता गर्न सकिने: वर्षमान पुन
महिनावारी हुँदा आफैं बस्ने छाउगोठ भत्काउँदै महिलाहरु
महिनावारी हुँदा आफैं बस्ने छाउगोठ भत्काउँदै महिलाहरु
बेलिबृज जडानपछि गाईघाट दिक्तेल यातायात सञ्चालन
बेलिबृज जडानपछि गाईघाट दिक्तेल यातायात सञ्चालन
२९ औं प्रधानन्यायाधीश जबरा सिफारिस पछि जोशीको यस्ताे प्रतिक्रिया
२९ औं प्रधानन्यायाधीश जबरा सिफारिस पछि जोशीको यस्ताे प्रतिक्रिया
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ : प्रचण्ड
छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ : प्रचण्ड
स्थानीय तह उपनिर्वाचनः कांग्रेस-एमाले मिलेर माओवादीको लालकिल्ला भत्काउने तयारी
स्थानीय तह उपनिर्वाचनः कांग्रेस-एमाले मिलेर माओवादीको लालकिल्ला भत्काउने तयारी
गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै मोटरसाईकल र्याली
गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै मोटरसाईकल र्याली
Females For Marital relationship – Why Are They Become Popular Right now?