कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने

सारांश

  • २० असोज, काठमाडौं ।
  • कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने भएको छ ।
  • साथै, यसअघि समानुपातिकमा सांसद भएकाहरुलाई फेरि समानुपातिकको बन्दसूचीमा राखिने छैन ।

२० असोज, काठमाडौं । कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने भएको छ । साथै, यसअघि समानुपातिकमा सांसद भएकाहरुलाई फेरि समानुपातिकको बन्दसूचीमा राखिने छैन ।

केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री शशांक कोइरालाले पेश गरेको उम्मेदवार छनोटको मापदण्डमा ती विषय उल्लेख छन् ।

स्थानीय तहमा पराजित भएका धेरै नेताले प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार हुन आवेदन दिएका छन् । र, उनीहरुको नाम केन्द्रसम्म सिफारिस पनि भएको छ । साथै, अहिले समानुपातिकमा बसेकाहरुले फेरि समानुपातिकमै बस्ने इच्छा पनि देखाएका छन् ।

महामन्त्रीको प्रस्तावअनुसार निर्णय भएमा समानुपातिक सांसद कि प्रत्यक्षमा चुनाव लड्नुपर्छ नभए सांसद हुन पाउने छैनन् । साथै, स्थानीय तहमा हारेकाहरुका लागि प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने बाटो औपचारिक रुपमै बन्द हुनेछ ।

बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले पार्टी आक्रामक रुपमा चुनावमा होमिनु पर्नेमा जोड दिए । उनले भने, ‘जिम्मेवार नेताहरु चुनावमा होमिनुपर्छ, कोही पनि चुनावी मैदानबाट भाग्नु हुँदैन ।’

कांग्रेसले २५ असोजसम्ममा उम्मेदवार छनोट गरिसक्ने बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
#meToo यौन दुर्व्यवहारका आरोपी नाना पाटेकर सहित ४ को नार्को टेष्ट गर्न तनुश्रीको माग
#meToo यौन दुर्व्यवहारका आरोपी नाना पाटेकर सहित ४ को नार्को टेष्ट गर्न तनुश्रीको माग
के साउदी अरबका राजकुमार सलमानको अन्त्य यही हो?
के साउदी अरबका राजकुमार सलमानको अन्त्य यही हो?
टीकाकाे भाेलिपल्ट आन्तरिक हवाई भाडादर सार्वजनिक
टीकाकाे भाेलिपल्ट आन्तरिक हवाई भाडादर सार्वजनिक
चर्खाबाट ऊन काटेर आम्दानी बढाउँदै महिला
चर्खाबाट ऊन काटेर आम्दानी बढाउँदै महिला
प्रधानमन्त्री ओलीलाई कठोर कदम चाल्न दवाव दिने नेकपामा तयारी
प्रधानमन्त्री ओलीलाई कठोर कदम चाल्न दवाव दिने नेकपामा तयारी
बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादी पक्राउ
बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादी पक्राउ
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ
दुई ठूला नयाँ सहर निर्माण गर्दै प्रदेश १ सरकार
दुई ठूला नयाँ सहर निर्माण गर्दै प्रदेश १ सरकार

तपाईंले छुटाउनुभयो कि?