ताप्लेजुङ दुर्घटना अपडेटः घाइते दुई जनालाई उपचार गर्न काठमाडौं लगियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २३, २०७४
|
|
३४ पटक हेरिएको
Shares
ताप्लेजुङ दुर्घटना अपडेटः घाइते दुई जनालाई उपचार गर्न काठमाडौं लगियो

सारांश

  • २३ असोज, ताप्लेजुङ ।
  • पाथिभरा दर्शनका लागि गएका तीर्थयात्री चढेको जीप दुर्घटनामा घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
  • जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि उर्लाबारी मोरङका २६ वर्षीय दिलिप घिमिरे र २० वर्षीय अनिलजंग थापालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको हो ।

२३ असोज, ताप्लेजुङ । पाथिभरा दर्शनका लागि गएका तीर्थयात्री चढेको जीप दुर्घटनामा घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि उर्लाबारी मोरङका २६ वर्षीय दिलिप घिमिरे र २० वर्षीय अनिलजंग थापालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको हो ।

दिलिप अनिलजंगका भिनाजु हुन् ।

मे १ ज १३०८ नम्बरको जीप भालुगौडे-सुकेटार पाथीभरा सडकखण्डको छातेढुङ्गा नजिक सोमबार बिहान साढे ८ बजेतिर दुर्घटना हुँदा दिलिप र अनिलजंग घाइते भएका थिए ।

दुर्घटनामा दिलिपकी श्रीमती २५ वर्षीय अनिता थापा घिमिरे र दाजु ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको थियो । अनिताको घटनास्थलमै र होमराजको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको हो ।

दुर्घटनामा जीप चालक इलाम निवासी अमित श्रेष्ठ पनि घाइते भएका छन् । उनलाई पनि जिल्ला बाहिर रेफर गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?