वर्षेनी पाँचलाख नेपाली युवा बेरोजगार ,उपसचिव जीवनकुमार राई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
वर्षेनी पाँचलाख नेपाली युवा बेरोजगार ,उपसचिव जीवनकुमार राई

सारांश

  • जुम्ला, २४ असोज श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जीवनकुमार राईले वर्षेनी पाँचलाख नेपाली युवा बेरोजगार हुने गरेका बताउनुभएको छ ।
  • ‘कोरिया इन्टरनेशनल को–अपरेशन एजेन्सी (कोइका)’ को वित्तीय तथा अन्तरराष्ट्रिय श्रम संगठन नेपालको प्राविधिक सहयोगमा श्रम तथा रोजगार मन्त्रालय÷विभागद्वारा आयोजित अभिमुखीकरण गोष्ठीमा उपसचिव राईले आन्तरिक रोजगारी सिर्जना हुन नसकेकाले बेरोजगारी बढेको बताउनुभयो ।
  • नेपालका रोजगारदाता उद्योग, प्रतिष्ठानले रोजगारी दिन अनिच्छा देखाएकाले रोजीरोटीका लागि युवा विदेशिनु परेको उहाँको टिप्पणी थियो ।

जुम्ला, २४ असोज श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जीवनकुमार राईले वर्षेनी पाँचलाख नेपाली युवा बेरोजगार हुने गरेका बताउनुभएको छ ।

‘कोरिया इन्टरनेशनल को–अपरेशन एजेन्सी (कोइका)’ को वित्तीय तथा अन्तरराष्ट्रिय श्रम संगठन नेपालको प्राविधिक सहयोगमा श्रम तथा रोजगार मन्त्रालय÷विभागद्वारा आयोजित अभिमुखीकरण गोष्ठीमा उपसचिव राईले आन्तरिक रोजगारी सिर्जना हुन नसकेकाले बेरोजगारी बढेको बताउनुभयो ।

नेपालका रोजगारदाता उद्योग, प्रतिष्ठानले रोजगारी दिन अनिच्छा देखाएकाले रोजीरोटीका लागि युवा विदेशिनु परेको उहाँको टिप्पणी थियो ।

श्रम विभागका निर्देशक हरि शर्माले कर्णालीसँग रोजगार दिनसक्ने तमाम सम्भावना रहेको बताउनुभयो । यहाँ जल, जंगल, जडीबुटी र पर्यटन क्षेत्रको विकास गर्न सके सयौँ युवाले रोजगार पाउने उहाँको भनाइ थियो ।

अन्तरराष्ट्रिय श्रम संगठन नेपालअन्तर्गत सञ्चालित श्रम बजार, सूचना रोजगार सेवा (लाइफ) परियोजनाका राष्ट्रिय संयोजक सौरभराम जोशीले आफूहरुले रोजगारी दिने नभई प्रभावकारी रोजगारी सेवा प्रवाहको लागि पहल गर्ने बताउनुभयो । संयोजक जोशीले सन् २०१५ देखि परियोजना शुरु हुँदा पहिलो चरणमा धनगढी, नेपालगञ्ज, बुटवल, काठमाडौँ, विराटनगर र अहिले जनकपुर, पोखरा र जुम्लाका रोजगार सूचना केन्द्रसँगको सहकार्यमा काम गर्दै आएको जनाउनुभयो ।

रोजगार खोज्नेका लागि सहज होस् भनेर प्रत्येक सूचना केन्द्रमा ‘जब पोर्टल’ निर्माण गरिएको छ । परियोजनाले अहिलेसम्म विभिन्न क्षेत्रमा गरेर तीन हजार ८४९ जनालाई रोजगार दिलाउन सहयोग पु¥याएको छ । रोजगार सूचना केन्द्रका प्रमुख मेघराज गिरीले जनशक्ति आवश्यक परेमा आफ्नो कार्यालयसँग सम्पर्क र समन्वय गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…
राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा सवेन्द्र खनाल
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा सवेन्द्र खनाल
माफी माग परराष्ट्रमन्त्री ज्ञवाली !
माफी माग परराष्ट्रमन्त्री ज्ञवाली !
व्यस्त बिहेको तयारीमा पनि प्रियंका चोपडालाई सुटिङकै चटारो
व्यस्त बिहेको तयारीमा पनि प्रियंका चोपडालाई सुटिङकै चटारो
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
सर्वाधिक चासोको ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन विधेयकमा के छ ?
सर्वाधिक चासोको ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन विधेयकमा के छ ?
कस्तो रहला सोमबार देशभरको मौसम?
कस्तो रहला सोमबार देशभरको मौसम?
क्रिस्टलले चम्काउँदैछ महिला व्यवसायीको जीवन
क्रिस्टलले चम्काउँदैछ महिला व्यवसायीको जीवन
घोराही उपमहानगरपालिकाका मेयर र उपमेयरद्वारा सपथ
घोराही उपमहानगरपालिकाका मेयर र उपमेयरद्वारा सपथ
रोजगारी र व्यापारमा असर परेको भन्दै नाफ्टाबाटै अलग हुने चेतावनीः अमेरिका
रोजगारी र व्यापारमा असर परेको भन्दै नाफ्टाबाटै अलग हुने चेतावनीः अमेरिका

तपाईंले छुटाउनुभयो कि?