निर्वाचन सम्बन्धमा कुनै अप्रिय निर्णय नगर्न सरकारसँग निर्वाचन आयुक्तको आग्रह’

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
निर्वाचन सम्बन्धमा कुनै अप्रिय निर्णय नगर्न सरकारसँग निर्वाचन आयुक्तको आग्रह’

सारांश

  • प्रमुख निर्वाचन आयुक्त डा.
  • अयोधीप्रसाद यादवले निर्वाचनको तयारीलाई आयोगले तीव्र बनाएको बताएका छन् ।
  • यादवले सरकारले निर्वाचन सार्ने बारे गरेको तयारीलाई लक्षित गर्दै अन्तिम समयमा आएर निर्वाचन सम्बन्धमा कुनै अप्रिय निर्णय नगर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको तयारीलाई आयोगले तीव्र बनाएको बताएका छन् । यादवले सरकारले निर्वाचन सार्ने बारे गरेको तयारीलाई लक्षित गर्दै अन्तिम समयमा आएर निर्वाचन सम्बन्धमा कुनै अप्रिय निर्णय नगर्न सरकारसँग आग्रह गरेका छन् ।

यही मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा खटिने मु्ख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि धुलिखेलमा  सुरु भएको ‘निर्वाचन सञ्चालन र व्यवस्थापन’ सम्बन्धी दुई दिने प्रशिक्षणको उद्घाटनामा उनले यस्तो बताएका हुन् ।

यादवले भने, ‘‘निर्वाचनको यो अन्तिम अवस्थामा कुनै अप्रिय निर्णय नगर्न नेपाल सरकारसँग अनुरोध गर्दछु, साथै निर्वाचनका कार्यतालिकामा असर पार्ने कुनै अप्रिय घटना नहुन् ।

उनले कानून, नियम र निर्देशिकालाई अन्तिम रुप दिइसकिएको र विगतमा निकै अस्थिर राजनीतिक र अविश्वासको अवस्थामा पनि ऐतिहासिक रेकर्ड कायम गर्ने गरी स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए ।

“सबैको सहयोगबाट यो सम्भव भएको हो,” उनले भने, “अहिले पनि यो अन्तिम अवस्थामा कहीँ कतैबाट पनि निर्वाचनमा कुनै किसिमको व्यवधान नआओस् ।’’
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक दुई चरणमा गर्ने काम निकै कठिन एवं चुनौतिपूर्ण रहे पनि त्यसलाई स्वीकारेर आयोग अघि बढिरहेको यादवले बताए ।

निर्वाचनमा खटिने कर्मचारीले राजनीतिक आस्थाका आधारमा कसैप्रति आग्रह वा पूर्वाग्रही नभई निर्भीक, स्वच्छ र स्वतन्त्र भएर काम गर्न निर्देशन दिए ।

त्यस्तै निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनमा खटिने सबैको कार्यसम्पादन उत्कृष्ट होस् भन्ने आयोगको चाहना रहेको बताए ।  उनले निर्वाचनमा वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आउन नदिन, निर्वाचनलाई सफल तुल्याउने गरी दृढ इच्छाशक्तिसहित समन्वय र सहमति कायम गरेर काम गर्न निर्देशन दिए ।

आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनलाई सफल तुल्याउन समन्वयको नेतृत्व गर्न र पुनः निर्वाचन गर्ने अवस्था सिर्जना हुन नदिन तथा समस्याको समाधान स्थानीय तहमै गर्न सुझाव दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Priyanka-Nick, SRK-Gauri and others attended Akash-Shloka’s pre-engagement bash, see pics
Priyanka-Nick, SRK-Gauri and others attended Akash-Shloka’s pre-engagement bash, see pics
अनामनगर क्षेत्रमा पनि डोजर चल्यो, विद्यालयको कम्पाउण्ड नै भत्काइयो
अनामनगर क्षेत्रमा पनि डोजर चल्यो, विद्यालयको कम्पाउण्ड नै भत्काइयो
सैफ अली खानले पूर्वपत्नीको खुलेर प्रशंशा गरे
सैफ अली खानले पूर्वपत्नीको खुलेर प्रशंशा गरे
गृहमन्त्री बादलले भनेका सुनकाण्डमा मुछिएका उच्च तहका व्यक्ति को होलान्!
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
रास्वपाको केन्द्रीय समितिमा थपिएका १६ जना सदस्य को–को हुन्   ?
रास्वपाको केन्द्रीय समितिमा थपिएका १६ जना सदस्य को–को हुन् ?
२० गते कस्तो आउला सरकारको नीति तथा कार्यक्रम
२० गते कस्तो आउला सरकारको नीति तथा कार्यक्रम
यस्तो छ प्रधानमन्त्रीले डाक्टरसँग गरेको ४ सहमति
यस्तो छ प्रधानमन्त्रीले डाक्टरसँग गरेको ४ सहमति
समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना
काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना

तपाईंले छुटाउनुभयो कि?