उपेन्द्र यादव मोरङ क्षेत्र नं-५ बाट सिफारिस
सारांश
- २५ असोज, विराटनगर ।
- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं-५ बाट सिफारिस गरिएको छ ।
- उक्त क्षेत्रबाट उनको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराए ।
२५ असोज, विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं-५ बाट सिफारिस गरिएको छ ।
उक्त क्षेत्रबाट उनको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराए ।
पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र-५ अन्तर्गत विराटनगर-१४ को स्थायी वासिन्दा हुन् ।
यस अघि नै सिरहा जिल्लाको क्षेत्र नं–१ बाट पनि उनको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ ।
साथै छ वटा प्रतिनिधिसभा क्षेत्र र १२ वटा प्रदेशसभाका लागि पनि उम्मेदवारको नाम सिफारिस गरिएको राजकुमार यादवले जानकारी गराए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया