पत्रकार शिवभक्ति बने गफाडी कान्छो
सारांश
- काठमाडौं, ७ मंसिर।
- विगत ४ वर्ष देखि पत्रकारिता गर्दै आइरहेका पत्रकार श्यामहरि शिवभक्तिले हास्य टेलिफिल्ममा डेव्यु गरेका छन् ।
- नेपालको पहिलो एच.
काठमाडौं, ७ मंसिर। विगत ४ वर्ष देखि पत्रकारिता गर्दै आइरहेका पत्रकार श्यामहरि शिवभक्तिले हास्य टेलिफिल्ममा डेव्यु गरेका छन् । नेपालको पहिलो एच.डी च्यानल एपिवानमा प्रसारण हुने हास्य टेलिशृङ्खला ‘क्या जमाना आ’ बाट पत्रकार शिवभक्तिले अभिनयमा हात हालेका हुन् ।
विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गर्ने शिवभक्तिले उक्त शृङ्खलामा गफाडी कान्छोको भूमिका निर्वाह गरेका छन् । उनले आफ्नो चरित्रबारे खुलाउदै भने, ‘गफाडी कान्छो नेपाली समाजको युवा वर्गको प्रतिनिधित्व पात्र हो । जसले काम कम गफ ज्यादा दिन्छ । नेता देखि कलाकार सम्मको आवाज निकालेर व्यङ्ग्य हान्छ ।’
मंगलबार काठमाडौंको साँखु भन्दा ४ किलोमिटर टाढा रहेको पालुबारीमा शिवभक्तिलाई एक्सन कट गरिरहेका थिए ‘क्या जमाना आ’ का निर्देशक सिपी पुडासैनी । पुडासैनी यस शृङ्खलाको लेखक समेत हुन् । उनी दर्शकमाझ ‘धतुरे’ नामले परिचित छन् । ग्रामिण भेगमा सुट गरिएको यो टेलिफिल्ममा सिपी पुडासैनी, सम्झना आचार्य, केशव सापकोटा, गणेश बहादुर ए.सी, गोविन्द खतिवडा, श्यामहरि शिवभक्ति लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।
बुधबार राति ९ बजे शृङ्खलाको पहिलो भाग एपिवानमा प्रसारण भएको छ। यस अघि यो टेलिफिल्म नेपाल टलिभिजनबाट प्रसारणमा आउने गर्दथ्यो ।
प्रतिक्रिया