भक्तपुरमा निर्वाचनलाई सबै मिलेर सफल पाराँ -सञ्चारमन्त्री बस्नेत
सारांश
- भक्तपुर, १ कात्तिक सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई सबै मिलेर सफल पार्नुपर्ने बताउनु भएको हो ।
- नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज यहाँ आयोजना गरेको स्वागत एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो– “स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ, देशमा पूर्ण रुपमा संविधान कार्यान्वयनका लागि आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्नु जरुरी छ, त्यसैले देशको महत्वपूर्ण दोस्रो चाड एवं पर्वको रुपमा निर्वाचन सम्पन्न गर्न सबै लाग्नुपर्छ ।
- ” मन्त्री बस्नेतले व्यक्तिगत स्वार्थ र आरोप प्रत्यारोपलाई त्यागेर मुलुकका लागि अगाडि बढ्ने समय आएको चर्चा गर्दै “दलीय र व्यक्तिगत स्वार्थमा लागेर अब देशलाई अलमल्याउने समय छैन, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरेर संविधान पूर्णरुपमा कार्यान्वयन गराइ मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ, यसमा सबै पक्ष लाग्नु जरुरी छ,” भन्नुभयो ।
भक्तपुर, १ कात्तिक सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई सबै मिलेर सफल पार्नुपर्ने बताउनु भएको हो ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज यहाँ आयोजना गरेको स्वागत एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो– “स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ, देशमा पूर्ण रुपमा संविधान कार्यान्वयनका लागि आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्नु जरुरी छ, त्यसैले देशको महत्वपूर्ण दोस्रो चाड एवं पर्वको रुपमा निर्वाचन सम्पन्न गर्न सबै लाग्नुपर्छ ।”
मन्त्री बस्नेतले व्यक्तिगत स्वार्थ र आरोप प्रत्यारोपलाई त्यागेर मुलुकका लागि अगाडि बढ्ने समय आएको चर्चा गर्दै “दलीय र व्यक्तिगत स्वार्थमा लागेर अब देशलाई अलमल्याउने समय छैन, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरेर संविधान पूर्णरुपमा कार्यान्वयन गराइ मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ, यसमा सबै पक्ष लाग्नु जरुरी छ,” भन्नुभयो ।
केही सञ्चार माध्यममा सत्य, तथ्य समाचार भन्दा पनि बेथिति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले रीति होस वा कुरीति जे होस्, त्यो सही र सत्य रुपमा आमनागरिकमा ल्याउनुपर्ने मिडियाको दायित्व चुक्दै जान थालेको छ भन्नुभयो ।
मन्त्री बस्नेतले प्रतिशिोध साध्नकै लागि समेत गलत समाचार आउने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै “केही अनलाइन बाहेक धेरैजसो अनलाइनमा बेथिति बढ्दै गएको छ, लाइसेन्स नलिइ अनलाइन चलाएका छन्, मिडियालाई मर्यादित बनाउन र बेथितिलाई रोक्न महासंघले पनि सहयोग गर्नुपर्छ,”
भन्नुभयो ।
पत्रकारको हकहित र समस्या समाधानका लागि पत्रकार महासंघसँग बसेर आफू छलफल गर्न तयार रहेको पनि बताउनुभयो ।
सो अवसरमा मन्त्री बस्नेतले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यलाई स्वागत एवं सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामागर र महासचिव रमेश विष्टले पत्रकारको मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले पत्रकारले आग्रह पूर्वाग्रह भन्दा पनि सत्य, तथ्य र यर्थातपरक समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक डिपी ढकालले आसन्न निर्वाचनलाई सहज रुपमा सम्पन्न गराउनमा सम्बन्धीत सबै पक्षले सक्रिय रुपमा लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले पत्रकार अझै पनि हरेक दृष्टिकोणबाट समस्यामा परेको चर्चा गर्दै पत्रकारको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया