पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३, २०७४
|
|
३५ पटक हेरिएको
Shares
पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना !

सारांश

  • कात्तिक  ३ ः भारतको तेलङगाना राज्यमा पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना भएका छन् ।
  • दीपावलीको अवसरमा बिहीबार बेलुका पटका पड्काउदा उनीहरूको आँखामा चोट लागेको राज्यका स्वास्थ्य मन्त्रीले शुक्रबार जानकारी दिनुभएको छ ।
  • उनीहरू सवैको अहिले सरकारी अस्पताल सरोजिनी आँखा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

कात्तिक  ३ ः भारतको तेलङगाना राज्यमा पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना भएका छन् ।
दीपावलीको अवसरमा बिहीबार बेलुका पटका पड्काउदा उनीहरूको आँखामा चोट लागेको राज्यका स्वास्थ्य मन्त्रीले शुक्रबार जानकारी दिनुभएको छ ।
उनीहरू सवैको अहिले सरकारी अस्पताल सरोजिनी आँखा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
भारतमा दीपावलीको वेला पटका पड्काउने प्रचलन अत्यधिक रहेकाले अरु पनि धेरै जनाको आँखामा चोट लागेको हुन सक्ने अनुमान गरिएको छ ।
“गएराती देखि सरोजिनी आँखा अस्पतालले मात्रै ३० जनाको उपचार गरेको छ,” राज्यका स्वास्थ्य मन्त्री सी लक्ष्मण रेड्डीले भन्नुभयो ।
आँखामा चोट लागेका मध्ये छ जनाको शल्यक्रिया नै गर्नु पर्ने अवस्था रहेको चिकित्सकले बताएका छन् ।
उनीहरुलाई पर्याप्त हेरचाहसहितको राम्रो स्वास्थ्य सेवा दिइरहेको पनि मन्त्री रेड्डीले बताउनुभयो ।
भारतमा अहिले मनाइरहिएको हिन्दुहरूको पर्व दीपावलीलाई दीप वा उज्यालोको पर्व पनि भनिन्छ । यो पर्वमा अत्यधिक पटकाहरु पड्काउने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अादेश
भाइटीका लगाउछु भन्दै गोरु तिहारमै जबरजस्ती गरे यी ‘नेता’ले
भाइटीका लगाउछु भन्दै गोरु तिहारमै जबरजस्ती गरे यी ‘नेता’ले
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
उपराष्ट्रपति पुनले वाइनको गिलास उठाउन नजान्दा…
उपराष्ट्रपति पुनले वाइनको गिलास उठाउन नजान्दा…
पन्ध्र दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्याउन प्रधानमन्त्रीको निर्देशन
पन्ध्र दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्याउन प्रधानमन्त्रीको निर्देशन
राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका
राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति
पश्चिमी वायुको प्रभाव, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि
वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि
कामविहीन डिभिजन कार्यालय
कामविहीन डिभिजन कार्यालय